१३ बैशाख २०८१, बिहीबार
उप–मेयर क्रिकेट प्रतियोगितामा ग्रिनपिस बिजयी
  • काँचुली खबर

काेहलपुरमा जारि प्रथम मा.वि स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ग्रिनपिस मा.वि. बिजयी भएको छ ।

प्रस्तावितअन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्ता पाएको ग्रिनपिसले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो । ग्रिनपिसकालागि हिरा आर.सी. ले २९, लभ्ली विष्टले १७, सलिना के.सीले ११ र रचना रानाले १० रन जोडेका थिए भने ग्रिनपिसलाई ५६ रन अतिरिक्त प्राप्त भएको थियो ।

ग्रिनपिसका खेलाडीहरुको रोक्ने क्रममा कृष्ण माविका बलरहरु सन्जु शाहाले २, झरना वि.सी र तारा शार्कीले समान १/१ विकेट लिएका थिए १ सय ४४ रनको बिजयी लक्ष्य पछ्याएको कृष्ण माविका खेलाडीहरु सस्तैमा समेटिएका थिए । ग्रिनपिसका खेलाडीहरुको आक्रामक बलिङका अगाडी कृष्ण मा.वि. का खेलाडीहरु टिक्न सकेनन् । निर्धारित १५ ओभरमा अतिरिक्त २५ रनको बलमा ६५ रन मात्र जोडेको कृष्ण मा.वि.को ब्याटिङ लाईन कमजोर देखिएको थियो । कृष्ण मा.विका लागि सुशिला थारुले सर्वाधिक ३३ रन जोड्दा रिता मल्ल र सन्जु शाहीले समान ११/११ रन जोडेका थिए । यद्यपी अन्य अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।
कृष्ण मा.वि. लाई सस्तैमा समेट्ने क्रममा ग्रिनपिसका खेलाडी सलिना के.सीले ३ विकेट लिएकी थिईन । खेलको प्लेयर अफ द म्याच ११ रन जोड्दै ३ विकेट लिन सफल ग्रिनपिसकी छात्रा सलिना के.सी घोषित भइन् ।
प्रतियोगिता अन्तर्गत अहिले जनज्योती मावि र तक्षशिला एकेडेमिबिच प्रतिस्प्रर्धा भईरहेको छ ।

  • २९ जेष्ठ २०७५, मंगलवार १६:०९ प्रकाशित
  • Nabintech