१५ चैत्र २०८०, बिहीबार
नक्षत्र प्रतियोगिताको समापन
  • काँचुली खबर

बाँके/ बार्दली फाउन्डेसन र नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा गरिएको नेपालगन्ज नक्षत्र प्रतियोगिताको आज समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका १२ देखि १७ वर्ष सम्मका बालबालिका हरुको प्रतिभाको खोजी तथा पहिचानका लागि यो कार्यक्रमको आयोजना गरिएको आयोजक समुहले जनाएको छ । आजको समापन प्रतियोगितामा कविता, गायन र नृत्यमा प्रतियोगिता भएको छ । कवितामा ६ जना गायनमा ८ जना र नृत्य एकल र सामुहिक गरि ९ जनाको समुह रहेको थियो । बार्दली फाउन्डेसनका अध्यक्ष भोजराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शंसेर राणा प्रमुख अतिथीमा रहनु भएको थियो भने उपमेएर उमा थापा मगर, बरिष्ठ साहित्यकार सनत रेग्मी विसिष्ठ अतिथी रहनुभएको थियो ।

  • २८ जेष्ठ २०७५, सोमबार १७:११ प्रकाशित
  • Nabintech