१४ बैशाख २०८१, शुक्रबार
काठमाडाैँकाे यूएन पार्कमा गुन्डा नाइके लामाकाे इन्काउन्टर, ईन्काउन्टर स्थलमा पेस्तोल फेला
  • काँचुली खबर

 

काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ इन्काउन्टर गरेकाे छ । पक्राउ गर्न पुगेकाे महाशाखाकाे प्रहरी टाेलीमाथि काभ्रेली समूहका गुण्डा लामाले गाेली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेकाे बताइएकाे छ । प्रहरीका अनुसार लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्प

तालमा उपचार भइरहेको महाशाखा प्रमुख एसएपी धिरजप्रताप सिंहले जानकारी दिए । लामाले ललितपुरकाे सातदाेबाटाे क्षेत्रमा अड्डा बनाएर त्यहाँका ब्यापारीहरूलार्इ धम्क्याउँदै रकम असुल्दै अाएका थिए । ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजीकमा  रहेका थिए । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ।

  • २८ जेष्ठ २०७५, सोमबार १६:३७ प्रकाशित
  • Nabintech