१३ बैशाख २०८१, बिहीबार
मालपोत कार्यालय बाँकेद्वारा विना सूचना स्रेस्ता कायम
  • काँचुली खबर

बैजनाथ गाउँपालिका वडा ६ मा रहेको ५ सय ३० कित्ता मध्ये २८ कित्ता जमिन स्रेस्ता बिना नै स्थानीय सरकारलाई कुनै जानकारी समेत नगराई वितरण गरिएको पाईएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद १८ मा सुकुम्बासी वा घर जग्गा दर्ता सम्बन्धि समस्या र स्थानीय विभिन्न जिल्लामा बासोबास गराइएका बासोबासीहरुको जग्गा दर्ता गर्न मिति २०७२\६\१८ को सँख्या २२ को राजपत्रमा स्थानीयतहलाई जिम्मेवारी प्रदान गरिएको बारे सूचना प्रकाशन भएको थियो । तर बाँके मालपोत कार्यालयले स्थानीय तहलाई जानकारी विना नै २८ जनाको स्रेस्ता कायम गराए पछि अनियमिता पूर्वक वितरण गरेको र मोटो रकमको लेनदेन भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् ।
यसै बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गत रहेको सम्झना को ५ सय ३० कित्ता मध्ये २८ कित्ता मात्र बाँके मालपोत कार्यालयले अनियमिता पूर्वक वितरण गरेको बैजनाथ गाउँपालिकाले आरोप लगाएको छ । सोही वडाका २८ जनाले स्रेस्ता कायम गरिपाउ भनी मिति २०७४ चैत्र १८ गते निवेदन दिएका र २०७५ जेठ ४ गते सो स्रेस्ता कायम गरिएको बाँके मालपोत कार्यालयका प्रमुख दिर्घ बहादुर बस्नेतले जानकारी गराएका छन । बस्नेतले आफुले २०५८ सालको भूमि व्यवस्था सम्बन्धि भएको ऐन तथा २०५८ जग्गा प्रशासन ऐनको प्रावधानमा टेकेर २८ जनाको स्रेस्ता कामय गरेको जानकारी गराए । बस्नेतले भने, ‘कही कतै ऐन बाझिएमा स्वत खारेज हुने ब्यवस्था रहेको र स्थानीय निकायका जनप्रतिनिधिहरुसँग मालपोत अधिकृत आफ्नो गल्ती भेटिएको अवस्थामा कुनै पनि स्थानमा कारवाही सहन तयार रहेको छु ।’ बस्नेतले स्थानीय तहमा आफ्नो कार्यालयबाट समयमा सूचना उपलब्ध गराउँन नसक्नु आफ्नो गल्ती भएको समेत स्वीकार गरे । बस्नेतले बाँकी रहेको कित्ताहरु पनि निवेदन आएको खण्डमा आफुले सिफारिस गर्ने जानकारी
दिए ।
२०५४ सालमा तत्कालीन सुकुमबासी आयोगका अध्यक्ष ज्ञानु केसीले ५ सय ३० कित्ता जमिनमा तारबार लगाउने कार्य गरेका थिए । ०६२÷०६३ को आमूल परिवर्तन पछि २०६६ मा नापी कार्यालयबाट जमिनको नाप नक्सा लिने कार्य भएको थियो । सुकुमबासी आयोगको अध्यक्ष सर्जन प्रसाद बोकटीले नापी गराएको उक्त जमिनको ०।३५८८४ को नापमा नेपाल सरकारको मापदण्ड भन्दा बढी भएका कारण ५ सय ३० जनाले स्रेता कायम गर्न पाएका थिएनन् । बैजनाथ गाउँपालिका कार्यालय र सम्झनाका जनताहरुलाई कुनै जानकारी नगराई बाँके मालपोत कार्यालयले २८ जनाका नाममा मात्र स्रोस्ता कायम गर्नु अनैतिक र गैर जिम्मेवारी रहेको बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचालले बताए ।
बाँके मालपोत कार्यालयमा २८ जनाका नाममा स्रेस्ता कायम भए पछि बैजनाथ गाउँपालिक कार्यालयले अनियमिता पूर्वक वितरण गरेको आरोप लगाएको छ । सबै ५ सय ३० घर धुरीले प्राप्त गर्नु पर्ने स्रेस्तामध्ये २८ जनाको मात्र स्रेस्ता कायम हुर्नु गैर जिम्मेवारी रहेको बैजनाथ गाउँ कार्यपालिका प्रवक्ता गुमान दमाईले बताए । प्रबक्ता दमाइले वैधानिक हो भने बाँकी ५०२ जनाको पनि स्रेस्ता कायम गरिनुपर्ने आफुहरुको माग रहेको बताए ।
जनताले जमिन पाउनु पर्छ हामी जनता विरोधी होइनौ तर २८ जनाले मात्र किन रु यो हाम्रो प्रश्न हो रुचालले भन्ने । ‘हुने खानेवालाले मात्र पाउनु र बाँकीलाई कुनै जानकारी नहुनु दुःखद घटना हो, तर जसरी २८ जनाले प्राप्त गरे त्यसरी नै बाँकी रहेका अरुले पनि पाउनु पर्छ भन्ने हाम्रो माग हो’ बैजनाथ गाउँपालिका कार्यालयका उप–प्रमुख शारदा विक रेग्मीले
बताईन ।
बाँकी ५ सय २ जनाले नपाएको खण्डमा हामी सडक र सदनमा आवाज उठाउँछौं । मालपोत कार्यालयले गरेको अनियमित प्रकारको स्रेस्ता कायम गरेका बिरुद्ध शान्तिपूर्ण आन्दोलन समेत गर्ने रेग्मीले चेतावनी दिईन ।
सोही विषयमा बुझ्न गएका बैजनाथ गाउँपालिकाका जनप्रतिनिधलाई मालपोत कार्यालय बाँकेका अधिकृतले अभद्र ब्यवहार गरेको बैजनाथ गाँउ कार्यपालिकाका प्रवक्ता गुमान दमाइले बताए । जनताबाट निर्वाचित पदाधिकारीहरुलाई अभद्र ब्यवहार गर्ने मालपोत कार्यालयका कर्मचारीहरुले जनताकालागि सहज र निष्पक्ष सेवा प्रवाह गर्ने कुरामा आम सर्वसाधारण आशंका ब्यक्त गर्दछन ।

  • २८ जेष्ठ २०७५, सोमबार ११:०९ प्रकाशित
  • Nabintech