१६ चैत्र २०८०, शुक्रबार
उप–मेयर क्रिकेट प्रतियोगितामा साईनिङ स्टार र जनज्योती विजयी
  • काँचुली खबर

कोहलपुरमा जारि प्रथम माबि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा साईनिङ स्टार मा.वि. बिजयी भएको छ ।
प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोेहलपुरमा भएको खेलमा साईनिङ स्टार माबिले २ रनको रोचक जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको साईनिङ स्टारले निर्धारित १५ ओभरमा ९८ रन जोडेको थियो । जसकालागि सुरक्षाले ३१, मोनिका रानाले २३ र सिम्रन धामीले १४ रन जोडेका थिए ।
९९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको ग्रिनपिस मा.वि. का खेलाडीहरु ९६ रनमे समेटिएका थिए । ग्रिनपिसकालागि लब्ली विष्ट (१७) बाहेक अरु खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
उक्त खेलको वमन अफ द म्याच साईनिङ स्टारकी खेलाडी सुरक्षा परियार घाषित भईन ।


प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न दोस्रो खेलमा जनज्योती मा.वि ६ बिकेटले बिजयी भएको छ । दिब्यबिद्या सदन कोहलपुरलाई फराकिलो रन अन्तरले पराजित गर्दै जनज्योतीको टिमले जित निकालेको हो ।
पहिले ब्याटिङ गर्दै जनज्योती मा.वि. ले १ सय ९५ रनको बिशाल स्कोर खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्ता पाएको जनज्योतीकालागि जुना बुढा मगरले र समिक्षा वि.क.ले अबिजित रहँदै क्रमशः ५९ र ४५ रन जोडेकी थिए भने सुहाना चन्दले ३८ रन जोडेकी थिईन ।
१ सय ९६ रनको बिशाल लक्ष्य पाएको दिब्यबिद्या सदन निर्धारित १५ ओभरमा ५५ रनमै समेटिएको थियो ।
खेलको वमन अफ द म्याच सर्वाधिक रन बनाउन सफल जनज्योती मा.वि. की खेलाडी जुना बुढा मगर घोषित भईन ।
आगामी असार ३ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गत भोली बिहान सरस्वती मा.वि. र वागेश्वरी एकेडेमी बिच खेल हुने छ भने दोस्रो खेलमा लक्ष्मी मा.वि. र सगरमाथा ज्ञानपुञ्ज प्रतिस्प्रर्धामा उत्रने आयोजकले जनाएको छ ।

वमन अफ द म्याच जुना बुढा मगर ।

 

  • २७ जेष्ठ २०७५, आईतवार १९:१० प्रकाशित
  • Nabintech