१६ चैत्र २०८०, शुक्रबार
बलात्कारको आरोपमा कोहलपुरबाट एक पक्राउ
  • काँचुली खबर

कोहलपुर नगरपालिका-१० का गणेश कुमार सिंह एक युवतीलाई जवरजस्ती बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन । सिंहले यहि जेठ १६ गते ‘साना हातहरु नेपाल’ भन्ने संस्थामा भोलेन्टीएरको रुपमा काम गर्दै आएकी कोहलपुर नगरपालिका १३ बस्ने १९ वर्षिय रामकली (नाम परिवर्तन) लाई कोहलपुरको चौराहबाट मोटरसाईकलमा राखी
घर पुर्याईदिने बहानामा ढकेरीको जङ्गल पुर्याएका थिए ।
त्यहाँ बलात्कार गर्ने कोशिस गरेपनि युवती कराउन थालेपछि मोटरसाईकलमा राखी घर छोड्दीन्छु भनी कोहलपुर नगरपालिका-११, बसपार्कस्थित जाजरकोटी होटलमा पुर्याएको र राती १० बजे जवरजस्ती बलात्कार गरेको पिडित युवतीले बताएकी छन । बलात्कार पछि कसैलाई भनिस भने मारिदिन्छु भनी धम्की दिई रातभरी होटलकै कोठामा राखेको र बिहान चार बजे पिसाव फेर्ने बहानामा बाहिर निक्लेर भागेको पिडित युवतीले बताएकी छन ।
बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा पिडित पक्षले ठाडो उजुरी दिएपछि प्रहरीले बलात्कार गरेको आरोपमा गणेशकुमार सिंहलाई पक्राउ गरेको र शनिबार पिडित पक्षले प्रहरी कार्यालयमा सिंह बिरुद्ध अपहरण, शरिर बन्धक तथा जबरजस्ती करणीको मुद्धा दर्ता गरी शनिबार नै मेडिकल परिक्षणकालागि पिडित युवतीलाई पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका सिंहको पक्षबाट कतिपय संघ, संस्थाहरुले समेत पिडित पक्षलाई मिल्न दवाव दिईरहेको खुल्न आएको छ । दवाव दिने समुहले “प्रहरी कहाँ पुगेपनि केही हुँदैन, मुद्धा हालेपनि हार्छौ बरु मिल” भन्दै बारम्बार धम्काउने गरेको पिडित युवतीकी दिदिले बताएकी छन ।
बलात्कार आरोपमा पक्राउ परेका सिंह सार्वजनिक यातायात समितिमा काम गर्ने कर्मचारी रहेकाले समितिकै अन्य केही कर्मचारीहरु पनि मुद्धा नचलाउन र उक्त केश मिलाउन भन्दै बिभिन्न नेताकहाँ धाउन लागेको पिडित पक्षले गुनासो गरेका छन ।

  • २७ जेष्ठ २०७५, आईतवार १७:०० प्रकाशित
  • Nabintech