१३ बैशाख २०८१, बिहीबार
नेपालगन्ज गोल्डकपको उपाधि लाली रुपन्देही–११, ले जित्यो
  • काँचुली खबर

टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि लाली रुपन्देही–११ ले जितेको छ ।
बाँके जिल्ला फुटबल संघ ९एन्फा० ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा लाली रुपन्देहीले सीएमजी संकटा क्लबलाई १–० को अन्तरले जितेको हो । लाली रुपन्देही–११ ले गत वर्ष पनि उपाधि जितेको थियो ।
लाली रुपन्देहीका खेलाडी जोन ग्लोरीले खेलको ५३ औं मिनेटमा गोल गरेर जित दिलाएका थिए । उपाधि विजेताले नगद पाँच लाख रुपैयाँ र ट्रफि पाएको छ । प्रतियोगिताको उपविजेता संकटा क्लबले २ लाख ५१ हजार र ट्रफि पायो ।
प्रतियोगितामा लाली रुपन्देहीका कप्तान दीपक गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । बाँके जिल्ला फुटबल संघले खेलाडी गुरुङलाई मोटरसाइकल प्रदान ग¥यो ।
प्रतियोगितामा युद्ध शाही डिफेन्डर, सौजन राई मिड फिल्डर, सन्त गुरुङ स्टाइकर, राजुबाबु मगर राजुबाबु मगर र लाली रुपन्देहीका प्रशिक्षक पुकार गहतराज उत्कृष्ठ भएका थिए । उत्कृष्ठ सबैलाई जनही १०÷१० हजार प्रदान गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा।धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, खजुरा गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपति, कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी थारु, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रहरी प्रमुख टेकबहादुर तामाङ लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
एन्फा बाँकेका अध्यक्ष भोजराज शाहीले चौथो नेपालगन्ज गोल्डकपमा विजेताले सात लाख र उपविजेताले तीन लाख पाउने गरी खेल आयोजना गर्ने घोषणा गरे ।

  • २६ जेष्ठ २०७५, शनिबार २१:४४ प्रकाशित
  • Nabintech