१६ चैत्र २०८०, शुक्रबार
तेक्वान्दोको ४५ औं ब्ल्याकबेल्ट कार्यक्रम
  • काँचुली खबर

तेक्वान्दोको ४५ औं ब्ल्या

 

कबेल्ट कार्यक्रम कोहलपुर नगरपालिका–२ कौशिलानगरमा ४५ औं ब्ल्याकबेल्ट कार्यक्रमकालागि लिखित परिक्षा सम्पन्न भएको छ । ४५ जना खेलाडीहरु सहभागी रहेको सो कार्यक्रममा लिखित परिक्षा, कुम्से, ब्रेकिङ, बेसिक प्रदर्शनी लगायत गराईएको छ । बाँके जिल्ला तेक्वान्दो संघको समन्वयमा भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोहलपुर उद्योग वाणिज्य संघका अधयक्ष चक्र बहादुर अधिकारीले खेलकुदकालागि उदोग वाणिज्य संघले हातेमालो गर्न सधैं तयार रहेको बताएका छन । त्यस्तै विशिष्ट अतिथि नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले नेपाली खेलाडीहरुले देश, बिदेशमा नेपालको राष्ट्रिय गौरब राख्ने र शिर उचो बनाउने काम गरिरहेकाले राष्ट्रले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । कार्यक्रम बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष नेत्रबहादुर थापाको सभापतित्व तथा संघका सचिव प्रकाश लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।

  • २६ जेष्ठ २०७५, शनिबार २१:३० प्रकाशित
  • Nabintech