८ बैशाख २०८१, शनिबार
पुरैनीका जेष्ठ नागरिकहरुलाई सम्मान
  • काँचुली खबर

नेपालगन्ज उपमहानगरापलिका वडा नं. २२ पुरैनीका जेष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरापलिका वडा नं. २२ पुरैनीका १ सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ६३ जना महिला र ५२ जना जेष्ठ पुरुषलाई सम्मान गरिएको थियो । सभ्य र ससंस्कृत समाजको आधार जेष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार भन्ने मुल नाराका साथ पुरैनीका जेष्ठ नागरिकहरुलाई च्वानप्रास, छाता र दोसल्लाले सम्मान गरिएको वडा अध्यक्ष विद्याराम बर्माले बताउनुभयो । कार्यक्रमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख मगरले समाजलाई आफुले सकेजतिको योगदान गर्नु सवैको दायित्व रहेको बताउनुभयो । जेष्ठ नागरिकलाई माया ममता स्नेह गर्नु नै जेष्ठ नागरिकको लागि ठुलो गुन रहेको बताउनुभयो । जेष्ठ नागरिकका लागि नेपालगन्ज उपमहानगरपालिकाले पनि हरेक वडाका जेष्ठ नागरिकहरुका लागि विभिन्न खाले कार्यक्रम लागु गरेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुले पाउने सेवा सुविधा अव वडा स्तरबाटै लागु गरि प्रदान गरिने उहाँले बताउनुभयो ।

  • २६ जेष्ठ २०७५, शनिबार १६:३२ प्रकाशित
  • Nabintech