काठमाडौं/ लामो समयदेखि क्यान्सर रोगविरुद्ध उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ ।
देवकाेटाकै इच्छामा उनलाई गोरखाको पालुङटार लाने तयारी भएको न्यूरो अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले जानकारी दिए ।
नेपाली सेनाको हेलिकोप्टरबाट उनलाई गोरखा लैजाने तयारी भएको हो । ३ महिनादेखि न्यूरो अस्पतालमा उपचाररत देवकोटाको स्वास्थमा सामन्य सुधार अाएको यसअघि नै अस्पतालले जनाएको थियो ।
२६ जेष्ठ २०७५, शनिबार १३:३१ प्रकाशित