१४ बैशाख २०८१, शुक्रबार
प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
  • काँचुली खबर

प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता-२०७४ कोहलपुरमा सुरु भएको छ । कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापा र कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले शनिबार संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन । समन्वय समिति बाँकेका प्रमुखले फालेको बललाई ब्याटले हिर्काएर उप-प्रमुख चौधरीले प्रतियोगिताको सुभारम्भ गरेकी थिईन ।
“छात्रा क्रिकेट हाम्रो सान, कोहलपुरको सान” भन्ने मुख्य नाराका साथ सुरु भएकोे प्रतियोगितामा नगरभित्र संचालनमा रहेका १२ वटा विद्यालयका छात्रा टिमले सहभागीता जनाएका छन । बाँकेको कोहलपुर क्षेत्रलाई महिला क्रिकेटको उर्बर भुमिका रुपमा समेत हेर्ने गरिन्छ । त्यसलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले छात्राहरुलाई खेल प्रति आकर्षित गर्न प्रतियोगिता संचालन गरेको कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जुकुमारी चौधरीले बताईन ।
कोहलपुर क्षेत्र भित्र रहेका सामुदायिक र निजी बिद्यालय गरि १२ वटा बिद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन । प्रतियोगिता उद्घाटन सत्रमा बोल्दै जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरख बहादुर थापो कोहलपुर नगर छात्रा क्रिकेटका लागी उर्बर भुमि भएको र यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भईसकेको भन्दै खुसी ब्यक्त गरे । छात्राहरुको खेल प्रतिको चासोलाई यस प्रतियोगिताले सम्बोधन गर्नुकासाथै क्रिकेट क्षेत्रका उत्कृष्ट खेलाडी उत्पादन हुनेमा पनि आफु बिश्वास रहेको थापाले बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारीले कोहलपुरमा क्रिकेट खेल सम्बन्धि हुने गतिबिधीहरुबाट आफु निकै प्रभावित भएको भन्दै आगामी मंसिरमा मध्यपश्चिम क्रिकेट क्लबसँगको समन्वयमा ठुलो धन राशीको क्रिकेट प्रतियोगिता संचालन गरिने प्रतिवद्धता समेत जनाए । 

नगर शिक्षा समितिका प्रमुख मन प्रसाद रेग्मीले समय ब्यवस्थापनमा केही समस्या रहेकले प्रतियोगिता संचालनमा ढिलाई भएपनि आगामी आर्थिक वर्षदेखि नियमित रुपमा प्रतियोगिता संचालन गरिने बताए । उनले कोहलपुर क्षेत्रभित्र रहेका छात्राहरुलाई यस प्रकारको प्रतियोगिताले खेलका माध्यमबाट अगाडी बढाउन प्रतियोगिताले निकै ठुलो भुमिका निर्वाह गर्नेमा विश्वास समेत ब्यक्त गरे ।

पहिलो खेलमा त्रिमावि बिजयी

शनिबारदेखि कोहलपुरमा सुरु भएको प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता–२०७४ मा त्रिभुवन नमुना मा.वि. बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको वागेश्वरी एकेडेमी कोहलपुरले निर्धारित १५ ओभरमा ६८ रन जोड्न सफल भएको थियो । ६८ रनको झिनो लक्ष्य पछ्याएको त्रिभुवनले मात्र ७ दशमलव ३ ओभरमै लक्ष्य पुरा गरेको थियो ।
प्रतियोगिता अन्तर्गत आज (शनिबार) दिनको ३ बजेबाट दोस्रो खेल संचालन हुने आयोजकले जनाएको छ । दिनको ३ बजेबाट सुरु हुने खेलमा रामजानकी कोहलपुर र सगरमाथा ज्ञानपुञ्ज प्रतिस्प्रर्धामा उत्रने कार्यक्रम संयोजक लेखबहादुर क्षेत्रीले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा संचालन गरिएको प्रतियोगिताको आगामी असार ३ गते समापन गर्ने कार्यक्रम रहेको संयोजक क्षेत्रीले बताए ।

प्रतियोगितामा कोहलपुर नगरभित्र संचालनमा रहेका १२ वटा विद्यालयले सहभागीता जनाउने भएका छन । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु.२१ हजार र उपबिजेताले १० हजार ५ सय रुपौयाँ प्राप्त गर्ने छन । एकेडेमि बिच हुने भएको छ ।

  • २६ जेष्ठ २०७५, शनिबार १२:१५ प्रकाशित
  • Nabintech