१६ चैत्र २०८०, शुक्रबार
लैङ्गिक समानताकालागि पैरवी अभियान
  • काँचुली खबर

सामुदायिक सारथी संस्था काठमाण्डौंको आयोजना र कोहलपुर नगरपालिका-१२ चप्परगौंडीस्थित ज्ञानज्योती मा.वि. को ब्यवस्थापनमा विद्यालय स्तरीय लघु नाटक तथा सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । “महिला सशक्तिकरण र लैङ्गिक समानताका निम्ति पैरबी अभियान-२०७५” अन्तर्गत के हो “सही” अभियानलाई आम सर्वसाधारण र विशेष गरि विद्यालमा अध्ययनरत विद्यार्थिहरुलाई नै समेत बनाउने उद्धेश्यले नाटक प्रदर्शन गरिएको थियो ।
विद्यालयका भाईबहिनीहरुलाई नै नाटकका पात्रको रुपमा भूमिका निर्वाह गराएर विद्यार्थीहरुले घरपरिवार र समाजमा छोरा वा छोरीहरुबिच लैङ्गिक बिभेद हुँदा पर्न जाने नकारात्मक प्रभावको सन्देश नाटकद्धारा प्रदर्शन गरिएको थियो ।


नाटकमा नेपाली समाजमा परिवारले छोरालाई भन्दा छोरीलाई हेलाहा गर्ने चलनको ठिक बिपरित परिवारले छोरालाई हेला गर्दा हुने नकारात्मक प्रभाव समेत नाटकद्धारा देखाईएको थियो । छोरी वा छोरालाई स्वतन्त्र छोड्दा उनिहरुको ब्यवहारमा पर्ने नकारात्मक र सकारात्मक दुबै थरीका सन्देश नाटकद्धारा प्रस्ट पार्ने काम भाईबहिनीहरुले गरेका थिए ।
कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा प्रभाव पार्ने भूमिकाको निम्ति सोही विद्यालयका विद्यार्थीहरु भावना वली, प्रतिक्षा वली, भुमिका पुन, सम्झना वि.सी., देबु पाण्डे, अर्जुन बुढाथोकी, अस्मीता वि.क., ज्ञानेन्द्र घर्ती, सरिता आचार्य लगायत १७ जना विद्यार्थीहरु नाटकमा सहभागी भएका थिए ।


त्यस्तै सोही विद्यालयमै नाटक पश्चात सम्वाद कार्यक्रम समेत गरिएको थियो । सम्वादलाई दुई चरणमा विभाजन गरी कार्यक्रमको समिक्षा र लैङ्गिक समानता तथा महिला शसक्तिकरण सम्बन्धि प्रतिवद्धता गराईएको थियो । सम्वादको पहिलो सृङ्खलामा विद्यालयका शिक्षकहरुबाट एक प्रतिनिधी, अभिभावकहरुबाट एक प्रतिनिधी, कार्यक्रमलाई सहयोग गर्ने संस्थाहरुबाट एक प्रतिनिधी र संचारकर्मीहरुबाट एक प्रतिनिधीहरुबिच प्रदर्शन गरिएको नाटकको समिक्षा गराउनुको साथै आ–आप्mनो प्रतिवद्धता गराईएको थियो ।
त्यस्तै सम्वादको दोस्रो सृङ्खलामा नगरपालिकाकी उप–प्रमुख, वडा अध्यक्ष, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र संचारकर्मीबिच सम्वाद र प्रतिवद्धता गराईएको थियो । कार्यक्रममा करिब ५ सय विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रम वि.ब्य.स. का अध्यक्ष दशरथ पराजुलीको सभापतीत्व र आयोजक सामुदायिक सारथी संस्थाकी कार्यक्रम अधिकृत निर्मला आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १९:२४ प्रकाशित
  • Nabintech