१५ चैत्र २०८०, बिहीबार
जब धुलाे उडाउँदै गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अबतरण भयाे …
  • काँचुली खबर

गुल्मी । गुल्मीको रेसुङ्गा बिमानस्थलमा सफल परीक्षण उडान गरिएकाे छ ।   झन्डै ११ करोड लागतमा निर्मित रेशुङ्गा बिमानस्थलमा शुक्रबार दिउँसोे तारा एयरको नाइन एन ए के एल कल साइन भएकाे जहाज  सफल अवतरण गरेको हो । पहिलो परीक्षण उडान हेर्न गुल्मीबासीहरु लगायत छिमेकी जिल्ला अर्घाखाचीवासीहरु ठुलो संख्यामा विमानस्थलमा पुगेका थिए ।

रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निमार्ण भएको रेसुङ्गा विमानस्थलमा जहाज बसेपछि गुल्मेली लगायत छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकमा मरिसकेको आशा फेरि व्यूतिएको छ । विमानस्थलले गुल्मी, अर्घाखाची, पाल्पा, प्युठान, वाग्लुङ्गका बासिन्दालाई पनि सेवा पुग्ने छ । विमानस्थल निमार्णका लागि ४६ रोपनी जग्गाको मुआव्जा दिएर स्थानीयलाई अन्यत्रै सारिएको हो भने केही सार्वजनिक जग्गा रहेको छ । ब्यक्तिहरुको र सार्वजनिक जग्गा गरि १ सय १२ रोपनी जग्गामा विमानस्थल फैलिएको छ । ७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको धावन मार्ग रहेको विमानस्थल निमार्णका लागि अहिलेसम्म ११ करोड रुपैया खर्च भैसकको छ ।  विमानस्थलको रनवे बनाइसकेपछि शुक्रवार दिउसो तारा एयरको सानो विमानले परीक्षण उडान गरेको हो । बिहान १० बजे नै जहाज अबतरण गर्ने भनिए पनि खराब माैषमका कारण दिउँसाे अबेर मात्र अबतरण गरिएकाे हाे ।

प्रदीप ज्ञवाली तत्कालीन नागरिक उडयन तथा पर्यटन मन्त्री बनेको समयमा विमानस्थल बनाउने भन्दै शिलान्यास गर्नुभएकाे थियाे । अहिले पनि प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री भएका वेला जहाजको परिक्षण उडान भएको छ । विमानको परिक्षण उडानमा ज्ञवाली पनि सहभागी हुनुभएकाे छ । ज्ञवाली अाज बिहानै हेलिकप्टरमा रेशुङ्गा बिमानस्थल पुग्नुभएकाे थियाे ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १७:५६ प्रकाशित
  • Nabintech