७ चैत्र २०७९, मंगलवार
बाँकेमा रहेको क्यान्सर हस्पिटल असारबाट संञ्चालनमा आउने
  • काँचुली खबर

बाँके/ बाँकेको खजुरामा रहेको शुसील कोईराला प्रखर क्यान्सर अस्पताल असारको पहिलो साता देखी सञ्चालनमा आउने भएको छ ।
शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालले नेपालगन्जमा आयोजना गरेको क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै शुसील कोईराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतीले असारको पहिलो सातामा अस्पतालमा ओपीडी सेवा टेक केयर सेवा सञ्चालन गरिने बताउनुभयो । सोही सेवालाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै महिला स्वास्थ्य स्यंमसेवीकाहरुलाई पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिषयमा जानकारी दिनका लागी बिभिन्न अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कक्षपतीले जानकारी दिनुभयो । कक्षपतीले अस्पताल शुरु हुनुपुर्व बिभिन्न प्रकारका निशुक्ल स्वास्थ्य शिबिर बाँके संगै बर्दिया लगाएत अन्य जिल्लाहरुमा पनी प्रशिक्षणको कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । उहाँले प्रदेश नं. ५,६ र ७ का सर्बसाधारणहरुले सेवा पाउने गरि अस्पताल सञ्चालनको तैयारी भैरहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै शुसील कोईराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. बिश्वराम पौडेलले अस्पताल सञ्चालन हुनुपुर्व जिल्ला भर यस प्रकारका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले ४० प्रतिषत क्यान्सरलाई रोकथाम गर्न सकिने बताउँदै शुसील कोईराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालमा राम्रो सेवा दिने बताउनुभयो ।  २०६२ सालमा धनधान्यान्चल महायज्ञ सञ्चालन गरेर निर्माणकार्य शुरु गरिएको शुसील कोईराला प्रखर क्यान्सर अस्पताल १२ बर्ष पछी सञ्चालनको तैयारीमा पुगेको हो ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १७:५३ प्रकाशित
  • Nabintech