८ बैशाख २०८१, शनिबार
कोहलपुरमा भोलीदेखि उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड
  • काँचुली खबर

कोहलपुरमा महिलाहरुलाई लक्षित गर्दै उप-मेयर छात्रा क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र नगर शिक्षा शाखा कोहलपुर तथा मध्यपश्चिम क्रिकेट क्लबको संयुक्त ब्यवस्थापनमा भोली (शनिबार) देखि प्रथम अन्तर मा.वि. उप-मेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता संचालन हुन गईरहेको कार्यक्रम संयोजक लेखबहादुर क्षेत्रीले जानकारी दिए ।
नेपाली महिला क्रिकेटको जन्मभुमिका रुपमा रहेको कोहलपुरमा धेरै लामो समय पश्चात पुन महिलाहरुलाई लक्षित गर्दै क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । भोलीदेखि संचालन हुने प्रतियोगिताको आगामी असार ३ गते समापन गर्ने कार्यक्रम रहेको संयोजक क्षेत्रीले बताए ।
कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिताको भोली बिहान ८ बजे उद्घाटन गर्ने गरी सम्पूर्ण तयारी पुरा गरिएको कोहलपुर नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मीले जानकारी दिए ।
प्रतियोगितामा कोहलपुर नगरभित्र संचालनमा रहेका १२ वटा विद्यालयले सहभागीता जनाउने भएका छन । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु.२१ हजार र उपबिजेताले १० हजार ५ सय रुपौयाँ प्राप्त गर्ने छन ।
खेल तालिका सार्वजनिक


यसैबिच शुक्रबार प्रतियोगिताको टाईसिट सार्वजनिक गरिएको छ । नगरभित्रका १२ वटा विद्यालयले प्रतिस्प्रर्धा गर्ने उक्त प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारबार सार्वजनिक गरिएको ड्रअनुसार प्रतियोगिताको उद्घाटन वागेश्वरी एकेडेमी र त्रिभुवन नमुना मा.वि. बीचको खेलबाट गराइनेछ । त्यसै दोस्रो खेल रामजानकी स्कुल र सगरमाथा ज्ञानपुञ्जबिच हुने बताईएको छ ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १७:३६ प्रकाशित
  • Nabintech