७ बैशाख २०८१, शुक्रबार
‘बन पैदावार ओसार–पसार सुचना प्रणाली’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • काँचुली खबर

बन पैदावार ओसार–पसार सुचना प्रणाली सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । बन बिभाग काठमाडौको आयोजना र स्मार्ट प्रा.लि. काठमाडौको प्राबिधिक सहयोगमा ‘forest product tracking information system’ (बन पैदावर ओसार पसार सुचना प्रणाली) बिषयक अन्तक्रिया कार्यक्रम सरोकारवालाहरुसँगको सहभागितामा सम्पन्न भएको हो ।


बदलिदो बिकशित बैज्ञानिक प्रबिधी अनुसार बन पैदावरको पुरानो प्रणालीलाई बैज्ञानिक प्रणाली अन्तर्गत लैजानका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको जिल्ला बन कार्यालय बाँकेका जिल्ला बन अधिकृत इश्वरी पौडेलले जानकारी दिए । बिस्तारै अन्य जिल्लाहरुमा पनि यस्ता कार्यक्रमहरु गरिने र केन्द्रिय स्तरका अन्य सरोकारवालाहरुसँगको छलफल पछि मात्र निचोड पुगिने पौडेलले बताए ।

कार्यक्रमको सहजीकरण गर्दै बन बिभागका उप–सचिब रबिन्द्र महर्जनले प्रबिधि लागू भए पछि कहाँको कुन रुख काटियो, त्यो रुखबाट कति कुन ग्रेडको गोलिया र दाउरा निस्कियो, कुन सप्लायर्सलाइ टेण्डर प¥यो, कहाँ गयो, कति चिरान निस्कियो, कहिले बिक्री भयो जस्ता कुराहरु सहजै हेर्न सकिने बताए । यस्तो प्रबिधि अन्य देशहरुमा सफल भैसकेको पनि उनले बताए ।
अर्का सहजकर्ता बन बिभागका सहायक बन अधिकृत राजकुमार रिमालले यस खालको प्रबिधि लागू भए पछि आबश्यक परेको समयमा मन्त्रालय, बिभाग, जिल्ला बन तथा सरोकारवालाहरुले भन्ने बित्तिकै सहजरुपमा तथ्याङ्क तुरुन्तै हेर्न सकिने बताए । हाल संचालन भईरहेका काम कारबाहीहरुलाई थप सरल र सहज बनाउनकै लागि डिजिटल प्रविधिमा लैजाने तयारी गरिएको रिमालले बताए । कार्यक्रममा जिल्ला भित्रका काठ ब्यबसायीहरु र जिल्ला बन कार्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

  • २५ जेष्ठ २०७५, शुक्रबार १६:४९ प्रकाशित
  • Nabintech