कोहलपुर मेडिकलमा सुत्केरी हुने आमाहरुले आमा सुरक्षा कार्यक्रम अन्र्तगत चार पटक गर्भवति जाँच बापत पाउनुपर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनामा सम्पन्न नौवस्ता स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रमका सहभागि महिलाहरुले यस्तो गुनासो गरेका हुन । सरकारी अस्पताल तथा स्वास्थ्य चौकिहरुमा सुत्केरी हुनेहरुले यातायात बापत रु ५०० र चार पटक गर्भवति जाँच बापत रु ४०० पाउने गरेको भए पनि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा सुत्केरी हुनेहरुले यातायात बापतको रु. ५०० मात्र पाउने गरेको र चार पटक गर्भवति जाँच बापत पाउनुपर्ने रु. ४०० बिभिन्न बाहानामा मेडिकल कलेजले नदिएको महिलाहरुको गुनासो थियो ।

सामाजिक परीक्षणमा बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नौवस्था स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष राम चरण थारुले स्वास्थ्य क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्न स्थानीय सरकार लागि पर्ने बताए । कार्यत्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि केशव ज्ञावलीले सहभागिहरुले उठाएको समस्या समाधानका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्ने बताए ।
सामाजिक परिक्षणमा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरि सुधारको लागि तिन बुँदे प्रतिबद्धताको घोषण गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा क्षयरोग तथा कुष्ठरोग नियन्त्रणका लागि सतनामुलक कार्यक्रम संचालन गर्ने, आमा सुरुक्षा कार्यक्रम अन्र्तगत चार पटक गर्भवति जाँच बापत पाउने रु. ४०० प्रोत्साहन
रकम नपाएको वारे छलफल गरी यथार्तता पत्ता लगाउने लगाएत रहेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
स्वास्थ्य संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष तथा बैजनाथ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राम चरण थारुको अध्यक्षतामा भएको सामाजिक परिक्षण बासका अध्यक्ष तथा सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेका थिए भने स्वास्थ्यचौकीका ईन्चार्ज मान बहादुर नेपालीले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, सुविधा बारे जानकारी गराएका थिए ।
२४ जेष्ठ २०७५, बिहीबार २३:१९ प्रकाशित