७ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज गोल्डकप जारि
  • काँचुली खबर

साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो । रुपन्देहीले नेपालगञ्जलाई शुरुदेखि नै दबाबमा राखेको थियो । खेलको १५ मिनेटमा फोनाको गोलले रुपन्देहीले अग्रता लिएको थियो । रुपन्देहीले २१ मिनेटमा स्याला र २२ मिनेटमा ग्लोरी जोनको गोलले अझ अग्रता बढाएको थियो ।
मध्यान्तरपछि नेपालगञ्ज आक्रमक रुपमा प्रस्तुत भयो । दोस्रो हाफको शुरुवातमै नेपालगञ्जका कर्ण लिम्बुले गोल गरेर टीमको हौसला बढाए । त्यसको लगत्तै नेपालगञ्जका किपर प्रितम खड्काले रुपन्देहीका ग्लोरीलाई फाउल गरेपछि पेनाल्टी दिइएको थियो । त्यसलाई रुपन्देहीका जनक कार्कीले गोलमा परिणत गरे ।
४–१ गोलले पछि परेपछि नेपालगञ्ज अझ आक्रमण रुपमा प्रस्तुत भयो । नेपालको राष्ट्रिय टीमबाट खेलिसकेका कर्ण लिम्बुलाई खेलाएको नेपालगञ्जले केही राम्रा अवसरहरु सिर्जना गरेको ग¥यो । यही बीचमा नेपालगञ्जका विभुषण केसीले सुन्दर गोल गरे । ४–२ को अग्रता भएपछि रुपन्देही रक्षात्मक खेलेको थियो । नेपालगञ्जले गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलमा म्यान अफ म्याच रुपन्देहीका ग्लोरी जोन भए ।
नेपालगञ्जका प्रशिक्षक युवराज शाहीले तालमेल नहुँदा पराजित हुन पुगेको बताए । अपेक्षा अनुसारको प्रदर्शन हुन सकेन । पहिलाको भन्दा त हामीले राम्रो ग¥यौ । रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले आफूहरुले अवसरलाई गोलमा परिणत गर्न सक्दा विजयी भएको बताए ।

बिहीबारदोस्रो सेमिफाइनलमा सीएमजी संकटा क्लव र सुदूरपश्चिम–११ का बीचमा हुनेछ ।

  • २३ जेष्ठ २०७५, बुधबार २०:१५ प्रकाशित
  • Nabintech