१३ बैशाख २०८१, बिहीबार
ट्राफिक सचेतना कार्यक्रम संचालन
  • काँचुली खबर

कोहलपुरस्थित त्रिभुवन नमुना मा.वि. मा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कोहलपुर क्रियटिभ ग्रुप प्रा.लि. को आयोजनामा संचालन गरिएको उक्त कार्यक्रममा क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरका डिएसपी दिवाकर घिमिरेले ट्राफिक नियमहरुका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
घिमिरेले दुर्घटना हुन सक्ने सम्भावित क्षेत्रहरुमा सवारी चालक तथा यात्रुहरु आफैले सावधानी अपनाए केही हदसम्म सवारी दुर्घटना न्यूनिकरण गर्न सकिने बताए । ट्राफिक नियमको उलङ्घनकै कारण अधिकाशं दुर्घटना हुने गरेको भन्दै घिमिरेले विद्यालयस्तरबाटै सचेतना फैलाउने अभियानमा कोहलपुर नगरपालिकाले गरेको सहयोगप्रति खुसी ब्यक्त गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले विद्यालय क्षेत्र सवारी दुर्घटनाको दृष्टिकोणले निकै संवेदनशिल क्षेत्र भएकाले विद्यालयलाई नै केन्द्रित गरि कार्यक्रम संचालन गरिएको जानकारी दिए । उनले विद्यालय लाग्ने र बिदा हुने समयमा विद्यालय र ट्राफिक प्रहरीको समन्वय आवश्यक रहेको भन्दै त्यसकालागि पहल गर्न विद्यालयलाई आग्रह समेत गरेका थिए ।
कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १० का वडाध्यक्ष निरज चलाउनेले कोहलपुर नगरपालिकाले हरेक विद्यालहरुमा ट्राफिक सचेतना सम्बन्धि अभियान संचालन गर्ने तयारी गरिरहेको बताए ।


विद्यालयकी प्रधानाध्यापक देवका थापाले सम्बन्धि निकाय आफैले विद्यालयमा सचेतना कार्यक्रम संचालन गरेको भन्दै खुसी ब्यक्त गरिन । उनले सडक किनारमै विद्यालय रहेको र हरेक समय दुर्घटनाको सम्भावना रहेतापनि आवश्यक प्रक्रिया थाहा नपाउँदा ट्राफिक प्रहरीसँग समन्वय गर्न नसकिएको गुनासो पोखिन ।
कोहलपुर क्रियटिभ ग्रुप प्रा.लि. का प्रवन्ध निर्देशक जयसिंह के.सी. को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ग्रुपका अध्यक्ष प्रदिप वाग्लेले स्वागत मन्तब्य
राखेका थिए ।


बिभिन्न सवारीसाधनमा सचेतनामुलक स्टिकर टाँसीयो यसैबिच कार्यक्रमका प्रमुख कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेयर सन्जु
कुमारी थारु, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा, सामाजिक विकास समितिका संयोजक निरज चलाउने, आर्थिक सििमत संयोजक डिल बहादुर परियार, आयोजक संस्थाका सल्लाहकारहरु टि.एन. रावत, यन बहादुर खड्का, क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरका डिएसपी दिवाकर घिमिरे लगायतका ब्यक्तिहरुले कोहलपुर-नेपालगन्ज सडक खण्डमा संचालनमा रहेका सवारी साधनहरुमा जनचेतनामुलक स्टीकर टाँसेका थिए ।

  • २३ जेष्ठ २०७५, बुधबार १४:५९ प्रकाशित
  • Nabintech