१६ चैत्र २०८०, शुक्रबार
ट्रम्प र किम अर्को साता भेट्दै, गोर्खा प्रहरीले सुरक्षा दिने
  • काँचुली खबर

सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनको ऐतिहासिक बैठकको सुरक्षा जिम्मेवारी सिंगापुरमा कार्यरत गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । जुन १२ तारिख तय भएकोे अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–अप्mना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेना तैनाथ गरिने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । गोर्खाली सेनाकै कारण सिंगापुरमा सबैभन्दा विश्वसनीय सुरक्षा व्यवस्था हुने हुनाले यसअघि अमेरिका र उत्तर कोरिया दुवैले ऐतिहासिक वार्ताका लागि सिंगापुर छनौट गरेका थिए ।

बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरुमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने तय भएको हो । यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिर्ले विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलर लगायतका हतियार प्रदान गरेको छ । तरपनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने बताइएको छ । सार्वजनिक स्थानमा निकै कम देखा पर्ने भए पनि गत हप्ता सांग्रिला होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको भारी उपस्थिति रहेको बताइएको थियो ।

विगत २०० वर्षदेखि नै सिंगापुरलगायत बेलायत, बराइ, भारतजस्ता देशहरुले नेपालका गोर्खाली सेनालाई विशेष रुपमा भर्ती गराउने गरेका छन् । १९ औँ शताब्दीको युद्धदेखि नै सिंगापु्रलाई सुरक्षित राख्नमा गोर्खाली सेनाकोको ठूलो हात रहेको सिंगापुर पुलिसको वेबसाइटले व्याख्या गरेको छ ।

  • २३ जेष्ठ २०७५, बुधबार ११:५६ प्रकाशित
  • Nabintech