१२ बैशाख २०८१, बुधबार
बृक्षारोपण कार्यक्रम सम्पन्न
  • काँचुली खबर

नेपालगन्ज/  क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज को आयोजनामा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता तथा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्णको नेतृत्वमा आज बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बन कार्यालय बाँकेले प्रदान गरेको ३० थान बिरुवा सागवन, खयर, राजबृस जातका बिरुवा रोपीएको थियो । बृक्षारोपण कार्यक्रम जिल्ला शिक्षा कार्यालय बाँके देखि दक्षिण होलिल्याण्ड स्कुल सम्म सडकको पश्चिम पट्टि र बागेश्वरी मन्दिरको गौशाला प्राङ्गणमा सम्म बृक्षारोपण गरिएको थियो । कार्यक्रममा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियान्ता डा. बिनोद कर्ण, महेश श्रेस्ठ, यूवा र पत्रकार गजेन्द्र गुरुङ्ग लगाएत स्थानियहरु को सहभागिता रहेको थियो । 

 

क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज बनाउन सबै सरोकारवाला निकायहरुलाई सचेत हुनु गराउनु पर्ने । हरीत सहर बनाइ बाताबरण सन्तुलित गराउने । नेपालगन्ज उपमहानगर पालिकाको मात्र

मुख नताक्ने । आफ्नो ठाउँ बाट सबै जनाले आफै यो कामको शुरुवात गर्ने । पर्यावरण बचाउने सबैले जनस्तरबाट नै अभियान चलाउनु पर्नेै कुरामा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अगियानकर्ता कर्णले बताएका थिय ।

 

  • २३ जेष्ठ २०७५, बुधबार ११:३७ प्रकाशित
  • Nabintech