७ बैशाख २०८१, शुक्रबार
विकास र समृद्धिकै लागि पार्टि एकता गरेका हौं : पुन
  • काँचुली खबर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का थाई समिति सदस्य एवं वर्तमान सरकारका उर्जा, जलस्रोत र सिंचाई मन्त्री वर्षमान पुनले नेपालको आर्थिक विकास र समृद्धि हासिल गर्नकै लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकिकरण भएको बताएका छन ।
पुनले सो कुरा कोहलपुरमा मंगलबार नेकपाका नेता तथा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा बताएका हुन । पुनले भने, “संविधान सभाबाट नयाँ संविधान बनिसकेपछि दुई ठुला कम्यूनिष्ट पार्टीहरु कार्यदिशा, संघिय संसदिय राजनीतिक ब्यवस्था र साँगठानीक संरचना एउटै बोकेर अलग-अलग हिड्नु नेपाली जनता र राष्ट्रको हितमा हुन सक्दैन भन्ने निश्कर्ष निकालेर नै यो एकता सम्भव भएको हो ।”
पुनले अगाडी थपे, “हामी अलग-अलग पार्टी बनाईरहँदा अहिलेको निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने, दुई-तिन पार्टी मिलेर सरकार बनाउनुपर्ने, सरकार बनेको भोलीपल्टैदेखि सरकारका दिनगन्ती सुरु हुने यस्तो अस्थिरताले न सरकारले राम्रो काम गर्न सक्ने, न देशले सम्बृद्धि पाउने । स्थिर सरकार र बलियो सरकारको निम्ति पनि बलियो र ठुलो पार्टी हुन आवश्यक थियो । यि सबै निश्कर्षले नै हामी पार्टी एकता गर्नै पर्ने निश्कर्षमा पुग्यौं र पार्टि एकता ग¥यौं ।”


संविधान निर्माण पछि यो संविधान कार्यान्वयन गर्ने र यो संविधानलाई कार्यान्वयन हुन नदिनेहरुबिच टकराव सुरु भयो भन्दै पुनले हामी सबैको प्रयासले यो संविधान कार्यान्वयन भएको दाबी गरे । पुनले जोड दिदै भने, “हामीले संविधानमा नै समाजवाद उन्मुख ब्यवस्था भन्यौं । समाजवादमा पुग्नकालागि समाजवादी क्रान्ती गर्नुप¥यो । समाजवादी क्रान्तीकालागि समाजवाद उन्मुख कार्यदिशा आवश्यक भयो । पूर्व नेकपा एमाले र माओवादी केन्द्रले यहि कार्यदिशा र एउटै साँगठानीक आधार बोकेर दुई अलग पार्टी रहिरहनु भनेको हामीले देखेको सपना पुरा नगर्नु हो । त्यो सपना पुरा गर्नु आम नेपाली जनताको हित र राष्ट्रको हितमा हुन्छ भन्ने निश्कर्ष निकाल्यौं र पार्टी एकता भयो ।”
अब पार्टी एकतापछि नेकपाका कुनैपनि नेता कार्यकर्ताहरुले मनमा कुनै द्धिविधा नराखी ईमान्दारी पूर्वक आ-आप्mनो जिम्मेवारी पुरा गर्ने ढंगले लाग्नुपर्ने पुनले आग्रह गरे । साथै पुनले अहिले नेकपासँग संघिय सरकार, ६ वटा प्रदेश सरकार र झण्डै ७५ प्रतिशत स्थानिय सरकारमा बहुमत रहेकाले अब हामीले जनताको निम्ति राम्रो काम गरेर देखाउनुपर्ने चुनौती समेत रहेको बताए ।
पूर्व अर्थमन्त्री समेत रहेका पुनले वर्तमान सरकारले ल्याएको बजेट करिब ७ प्रतिशत मुल्य बृद्धिको प्रक्षपन गरेर ल्याएकाले गतवर्षभन्दा थोरै मात्र बढि करिब हाराहारीमै रहेको दाबी गरे । स्थानिय र प्रदेश सरकारले प्राप्त गरेको बजेटलाई बिनियोजन गर्दा ति सरकारहरुले जनतालाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम आउने बताउँदै पुनले हालको विद्युत खपतलाई माग अनुसार पु¥याउने प्रयास स्वरुप सोलारमा ५० प्रतिशत अनुदान दिने ब्यवस्था बजेटमा गरिएको बताए ।

  • २२ जेष्ठ २०७५, मंगलवार १९:२२ प्रकाशित
  • Nabintech