८ बैशाख २०८१, शनिबार
नेपालगन्जमा पनि विश्व बातावरण दिवस मनाईयो
  • काँचुली खबर

बाँके / सबैका लागी घर–घरमा मानब अधिकार र शान्ति बिकासको आधर भन्ने मुल नाराका साथ आज नेपालगन्जमा राष्ट्रिय मानब अधिकार आयोगको क्षेत्रिय कार्यालय नेपालगन्जले बिश्व बाताबरण दिबस मानएको छ । बिश्व आधुनिककिरण भए संगै समाजमा बाताबरणिय प्रदुषणका घटनाहरु बढेसंगै त्यसलाई रोकथामका लागी स्थानिय तहबाट शुरु गर्नु पर्ने सहभागिहरुले बताएका थिए । कार्यक्रममा बोल्दै हरित नेपालगन्जका अभियानकर्ता डा. बिनोद कर्णले नेपालगन्जमा पछिल्लो समयमा सरोकारवाला निकायहरुनै मौन बसेका कारण प्रदुषण र बातावरण प्रदुषित भएको बताए । उनले भने ‘नेपालगन्ज उपमहानगरपालिकाले बाताबरण सरसफई गर्नमा मौन बसेको र त्यसका लागी कुनै पनि बाताबरण मैत्री कार्यक्रमहरु गरेको छैन ।’ यस्तै कर्णले भने नेपालगन्ज उद्योग बाण्ज्यि संघ पनि बातावरण संग सम्बन्धित भएको हुदा नेपालगन्ज् बजारबाट निस्कने फोहरको ब्यबस्थापन गर्न नसकेको आरोप लगाए । यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय मानब अधिकार आयोगका क्षेत्रिय संयोजक मुरर िखरेलले अब देश संघिय संरचनामा गए संगै स्थानिय सरकारले पनि बतावरण मैत्री कार्यक्रमहरु संचालन गर्नु पर्ने र मानब अधिकार शुश्चित गर्नु पर्नेमा जोड दिए । कार्यक्रमका सहभागिहरुले नेपालगन्ज बजारबाट निस्कने फोहर र नालहिरु ब्यबस्थापन नहुदा पैदल यात्रुहरुलाई श्वास प्रश्वासमा समस्या भएको बताएका थिए । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

  • २२ जेष्ठ २०७५, मंगलवार १६:५८ प्रकाशित
  • Nabintech