१२ बैशाख २०८१, बुधबार
उर्जा मन्त्री पुनद्धारा सिक्टाको निरिक्षण
  • काँचुली खबर

उर्जा तथा सिंचाई मन्त्री बर्षमान पुन अनन्तले मंगलबार सिक्ट सिंचाई परियोजनाको स्थलगत अनुगमन गरेका छन ।
बाँकेको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै मन्त्री पुनले आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको
बारेमा जानकारी लिएका थिए ।
बाँके, बर्दियामा तथा सुर्खेतमा संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षणका क्रममा बाँके आईपुगेका मन्त्री पुनले सिक्टा परियोजनाका सम्पन्न गर्नकालागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्वता समेत जनाए । नहरको काम सम्पन्न भएको ठाउँहरुमा क्रमिक रुपमा किसानहरुलाई पानी दिने आफुहरुको तयारी रहेको उनको भनाई रहेको थियो ।

यसैबिच प्रदेश नं. ५ की प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेका दुई गाउँपालिका राप्तीसोनारी र नरैनापुरको अवस्थाका बारेमा मन्त्री पुनलाई जानकारी गराएकी थिईन । उनले ति दुई गाँउपालिकामा विद्युतको समस्या बिकराल रहेको भन्दै तत्काल विद्युत लाईन विस्तारकालागि पहल गरिदिन आग्रह गरेकी थिईन । साँसद नमुनाले राप्तीसेनारी र नरैनापुर गाउँपालिकाका स्थानियहरुले वर्षैदेखि भोग्दै आएका समस्याहरुका साथै बिद्युत, सिंचाई र तटबन्धको उचित प्रवन्धकालागि मन्त्रालय स्तरबाटै पहल गर्नुपर्ने मागसहितको ज्ञापन पत्र समेत हस्तान्त्रण गरेकी थिईन ।
राप्ति सोनारी गाँउपालिकाका अधिकांश वडाहरुमा बर्षातका समयमा डुबान हुने हुदा केन्द्रिय सरकारले दिर्घकालिन योजनाहरु बनाउन राप्ति सोनारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष लखन थारुले मन्त्री पुनलाई आग्र गरेका थिए ।

ज्ञापन पत्र बुभ्mदै मन्त्री पुनले सम्बन्धित पक्षलाई युद्धस्तरमा गुणरस्तरीय काम गर्न निर्देशन दिएका थिए । आफु विगतदेखि नै राप्तीपारीका समस्याका बिषयमा जानकार रहेको बताउँदै मन्त्री पुनले विद्युत, सिचाँई र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए । उर्जा मन्त्री पुनले बर्षौदेखि समस्याका रुपमा रहेको बिद्युत, सिंचाई र तटबन्धको समस्या समाधान गर्नकालागी गुरुयोजना तयार पारिएको र छिट्टै स्थानियहरुले महशुस गर्नेगरी प्रतिफल प्राप्त गर्ने प्रतिवद्धता समेत जनाए । मंगलबार नै मन्त्री पुनसहितको टोलिले भेरी बबई डाइभर्सनको समेत स्थगत निरीक्षण गरेको छ ।

  • २२ जेष्ठ २०७५, मंगलवार १६:०१ प्रकाशित
  • Nabintech