१५ चैत्र २०८०, बिहीबार
बर्दियाको मधुवनी नगरपालिकाका वडाअध्यक्ष विद्युत चोर्दा–चोर्दै पक्राउ
  • काँचुली खबर

बर्दिया\ बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष पहाडी थारु विद्युत चोरी गर्दागर्दै पक्राउ परेका छन् ।

आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले थारुलाई नियन्त्रणमा लिएका थिए । गुलरियाको सानोश्री एरियामा विद्युत चोरीरहेको अवस्थामा पक्राउ परेका वडा अध्यक्ष थारुले ‘ईज्जत जोगाइदिनु’ भन्दै अनुनय गरेपछि प्राधिकरणले उनलाई जरिवाना तिराएर छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक अधिकृतले रातोपाटीलाई बताए । विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्र स्रोतका अनुसार थारुले ८ हजार १ सय ९९ सय रुपैयाँ जरिवाना तिरेका छन् ।

हुकिङ गरेको बिजुलीबाट उनले तीनओटा सिएफएल चिम बालेको र पानी तान्ने मोटर चलाएको खुल्न आएको छ ।

  • २१ जेष्ठ २०७५, सोमबार १६:५२ प्रकाशित
  • Nabintech