१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज देखि दिल्लीसम्मको उडान हुने
  • काँचुली खबर

नेपालगन्ज/ आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि उडान सञ्चालन गर्ने भएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले कम्तीमा अबको ८ देखि नौ महिनाभित्र बुद्धले नेपालगन्जदेखि दिल्लीसम्म सिधा उडान गर्र्नेे दाबी गरेका छन । बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने र नेपालगन्जको अर्थतन्त्र टेवा पुग्नेमा यहाँका ब्याबसायीहरु आशातित रहेकाछन । बस्नेतका अनुसार बुद्ध एयरले दैनिक ३ वटा उडान बिहान, दिउँसो र बेलुका गरि नेपालगन्ज दिल्ली उडान गर्नेछ । दैनिक २ सय सिट र बार्षिक ७० हजार यात्रुले एकतर्फी यात्रा गर्ने लक्ष्य लिईएको बुद्धको विमानले नेपालगन्जदेखि दिल्ली १ घन्टाको समयाबधीमा उडान गर्ने बस्नेतको दाबी गरेका छन ।
बुद्धको बिमानले नेपालगन्ज दिल्ली उडान सुचारु भएपछि मध्य तथा सुदुर पश्चिमको बिकासले फट्को मार्नेमा ब्याबसायीहरुले बिश्वास लिएका छन । नेपालगन्ज दिल्ली उडान गर्ने बुद्ध एयरको निर्णयलाई नेपालगन्जका उद्योगी व्यवसायीले पनि स्वागत गरेका छन् । सोमवार गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधी सभाका सदस्य सञ्जय गौतमले बुद्ध एयरले गरेको निर्णयले पश्चिम क्षेत्रको बिकासमा निकै ठुलो भुमिका खेल्ने बताउनुभयो । नेपालगन्ज दिल्ली उडान गर्नका लागी आफुले पनी प्रतिनिधी सभामा जोडदारसंग कुरा उठाउन कुनै कन्जुस्याई नगर्ने उहाँले बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धबल शम्सेर राणाले बुद्ध एयरको यो निर्णय र बिमानस्थल निर्माण कार्यलाई नेपालगन्ज उपमहानगरपालिकाले सम्पुर्ण सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका थिए ।
अहिले नेपालगन्ज अन्तर्रा्ष्ट्रिय हवाई रुटसँग जोडिएको छैन । सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पपछि अवरुद्ध भएपछि तिब्बतको मानसरोबार जाने भारतीय तीर्थयात्रीको रुट काठमाडौंबाट नेपालगन्जतर्फ सरेको थियो ।
नेपाल सरकारले नेपालगन्ज बिमानस्थलको निर्माण र स्तरनोन्ती जति सक्यो छिट्टो गरेको खण्डमा नेपालगन्ज दिल्ली उडान त्यतिनै छिटो सम्भब हुनेमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले जानकारी दिनु भयो । नेपाल सरकारले अतराष्ट्रिय प्रमिट र माइग्रेसनको काम गरेको खण्डमा अझ सहज हुनेमा उनको बिश्वास रहेको थियो ।
अहिले नेपालगन्ज पारिको भारतीय बजार लखनउबाट वार्षिक ३० हजार हाराहारी तीर्थयात्री हुम्ला सिमिकोट हुँदै मानसरोबर जान थालेपछि नेपालगन्ज तीर्थयात्रीका लागि हब बनेको छ । जेठ देखि ५ महिना मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगन्ज नाकाबाट पस्छन् । यस्मा अधिकांश भारतीय नागरिक छन् । नेपालगन्ज पश्चिम नेपालको ट्रान्जिट पइन्टको रुपमा समेत परिचित छ । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा हुने आर्थिक गतिविधिहरु नेपालगन्जमै केन्द्रीत भएर हुने गर्छन् । सडक तथा हवाई यातायात लगायत अन्य सबै प्रकारका गतिविधिहरुको केन्द्र विन्दू नेपालगन्ज नै हो । यो सँगै बुद्ध एयरले गरेको पछिल्लो निर्णयले नेपालगन्जसँगै पश्चिम नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।

  • २१ जेष्ठ २०७५, सोमबार १५:२५ प्रकाशित
  • Nabintech