झुम्कावालीको भिडियो सार्बजनिक हुने
  • काँचुली खबर

नेपालगन्ज / थारु गित झुम्कावालीको भिडियो सार्बजनिक नहुँदै कलाकार राजकुमार थारुलाई बधाईको ओइरो लागेको छ । झुुम्कावालीको भिडियो सुटिङ सकिने वित्तिकै चर्चा कमाएका कलाकार राजकुमारलाई बधाईको ओइरो लागेको हो । फोन उठाउन मै व्यस्त राजकुमारले झुम्कावालीको सुटिङ पछि फोन र प्रत्यक्ष भेटेर बधाई दिने मेरो शुभचिन्तक र साथीहरु धेरै पाए उहाँले भन्नुभयो । यही २२ गते झुम्कावालीको भिडियो सार्वजनिक गर्ने तयारीमा छौं गायक विश्वसागर परियारले भन्नुभयो । गायक परियारले गित पनि अहिलेको युवापुस्ताले मन पराउने खालको भएको हुनाले भिडियो सार्वजनिक नहुदै अडियोले हंगामा मच्चाएको छ । कलाकार राजकुमारको जिउ डालले पनि झुम्कावाली बठनियासंग मिलेको हुनाले झुम्कावालीले थारु गितमा रौनकता थपिने गायक परियारले बताउनुभयो । मोडल राजकुमारको मुख्य अभियनको झुम्कावाली एक दुई दिनभित्र आउने तयारी रहेको गायक परियारले जानकारी दिनुभयो । झुम्कावालीले यसपटकको बजारमा धमाकेदार रहने गायक परियारले जानकारी गराउनुभयो । रातदिन मेहनत गरेर रिलिजको तयारीमा लागेका छौं अर्का कलाकार मनोज चौधरीले भन्नुभयो । झुम्कावाली बोलको गीत राम्रै सुटिङ भएको छ मिक्सीङ पनि मेहनतकासाथ गरिरहेका छौं कलाकार मनोजले भन्नुभयो । झुम्कावालीले मेहनत गरेअनुसारको फल पाउने आशा रहेको मोडल राजकुमारले बताउनुभयो । अरु गीतको तुलनामा झुम्कावालीमा लगानी र दुख पनि धेरै गरेको हुनाले भिडियोले हंगामा मच्चाउने राजकुमारले दावी गर्नुभयो । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजराके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले मुख्य भुमिकामा खेलेका छन ।गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको डाइरेक्सन, छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा अंकित ठाकुर र गित थारु रहनुभएको छ । एकलैनीमा सुटिङ भैरहँदा दर्शकको घुइचो नै लागेको थियो । गीतको छायाङकन नेपालगन्जको एकलैनी, सिएसटी होटल र कोहलपुरमा भएको कलाकार राजकुमारले जानकारी गराउनुभयो । मोडल राजकुमारको तेश्रो गीत झुम्कावाली बजारमा आउने तयारी भैरहेको छ ।

  • २१ जेष्ठ २०७५, सोमबार १४:४५ प्रकाशित
  • Nabintech