१५ बैशाख २०८१, शनिबार
नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सम्पन्न
  • काँचुली खबर

नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधीमाथि धरानले कब्जा जमाएको छ । बाँकेको कोहलपुरमा आईतबार सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई ५ विकेटले हराउँदै धरानले उपाधि जित्न सफल भएको हो । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६ दिनसम्म संचालन गरिएको प्रतियोगिताको बिजेता टिम धरानले ट्रफि सहित ५० हजार नगद हात पा¥यो ।
राष्ट्रिय बहिरा क्रिकेट संघ नेपालको आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा पहिलोपटक संचालन गरिएको प्रतियोगितामा देशभरबाट ७ वटा टिमले सहभागीता जनाएका थिए । आईतबार सम्पन्न फईनल खेलमा टस हारेर ब्याटिङ गरेको रुपन्देहीले ११.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६८ रन बनाएको थियो । ६८ रनको झिनो विजय लक्ष्य लिएको धरानले १८.२ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । धरानसँग पराजित हुँदै उपविजेतामै चित्त बुझाएको रुपन्देहिले ४० हजार नगद राशि सहित ट्राफी हाल पा¥यो भने प्रतियोगितामा तृतिय हुन सफल मोरङले रु. ३० हजार नगद प्राप्त गरेको छ ।
साथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका धरानका विवेक चन्द राई उत्कृष्ट खेलाडी घोषित भए भने झापाका ताक्नुहाक्न पालुग्वालाई उत्कष्ट ब्याटिङ्गको उपाधि प्रदान गरिएको छ । त्यस्तै रुपन्देहीका रोशन थापा बलिङ्गतर्फ उत्कृष्ट घोषित भए ।
प्रतियोगिताबाट छनौट भएका १५ जना खेलाडिले अक्टोबर १२ देखि २४ गतेसम्म श्रीलंकामा हुने विश्व कप बहिरा क्रिकेट प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बाँके, रुपन्देही, काँस्की, सुनसरी, धरान, झापा र काठमाण्डौंको टिमले सहभागिता जनाएका थिए ।

 

खेलक्षेत्रको विकासमा ध्यान दिने मन्त्री पौडेलको प्रतिवद्धाता

प्रतियोगिताको समापन समारोहमा प्रदेश नं. ५ की कृषि, भुमि ब्यबस्था र सरकारी मन्त्री आरती पौडेलले अपाङ्ग खेलाडीहरुको जोस, जाँगर र शाहसले आफुलाई गम्भीर बनाएको बताएकी थिईन । उनले यस्ता क्षमतावान खेलाडीहरुलाई मध्य नजर गर्दै प्रदेश सरकारले आगामी वर्ष खेल क्षेत्रलाई विशेष योजनामा राख्ने प्रतिबद्धता ब्यक्त गरिन ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले राष्ट्रिय स्तरको प्रतियोगिता कोहलपुरमा हुन गौरवको विषय भएको बताउँदै खेलको माध्यमबाट नेपालको अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापीत गराउन खेलाडीहरुले निर्वाह गरेको भूमिकाको बयान गरेका थिए ।

 

  • २० जेष्ठ २०७५, आईतवार २३:०२ प्रकाशित
  • Nabintech