११ बैशाख २०८१, मंगलवार
जनसरकार प्रमुखद्वारा विप्लव नेतृत्वको पार्टी परित्याग
  • काँचुली खबर

विप्लव नेतृत्वको नेकपा बाँकेका जनसरकार प्रमुखले पार्टी परित्याग गरेका छन् ।

२०७३ सालमा जिल्ला कमिटि सदस्य भएका जनसरकार प्रमुख देव बहादुर रोकायले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

नेकपाका क्रियाकलापको चित्त नबुझेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु, रोकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आगामी दिनमा कुनै पार्टीमा नरही स्वतन्त्र रुपमा रहने समेत बताएका छन् । माओवादी टुक्रिएपछि विप्लव नेतृत्वको पार्टीका सक्रिय रोकायलाई यसअघि प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।

  • २० जेष्ठ २०७५, आईतवार २१:३० प्रकाशित
  • Nabintech