१५ चैत्र २०८०, बिहीबार
दुई युवा समूहबीच ग्याङ फाइट, तीनजना घाइते
  • काँचुली खबर

दाङ, जेठ २० । लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका ८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर तामाङ रहेका सतबरिया प्रहरी चौकीका प्रमुख यामबहादुर बस्नेतले जानकारी दिए ।

उनले बंगैमा युवाहरुबीच झडपका क्रममा बियरका बोतलले हान्दा तीनजना घाइते भएको बताए । भुवन घर्ती, जीवन बुढा, परिवर्तन बुढा, अनिलसिंह ठकुरी र गोरे थापाको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

दुई समूहबीच पुरानो रिसइबीका कारण झगडा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर घाइतेहरुले अर्को पक्षले एक्कासी आक्रमण गरेको बताएका छन् । आक्रमण गर्ने युवाहरु फरार भएपछि खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

  • २० जेष्ठ २०७५, आईतवार १३:३५ प्रकाशित
  • Nabintech