१५ चैत्र २०८०, बिहीबार
पानीपुरी बेचेर बालवालिकालाई सहयोग
  • काँचुली खबर

मोडर्न आर्टिस् युवा ग्रुपले बजारमा पानीपुरी र चटपटे बेचेर संकलन गरेको रकम अनाथ बालवालिकालाई सहयोग गर्ने भएको छ । करिब १५ जना युवतीहरुको समुहले कोहलपुर नगरपालिका ११ दशबिगाह, कोहलपुर मेडिकल कलेजको पूर्वी गेटमा पानीपुरी र चटपटे बेचेर रु. ८ हजार ६ सय रकम संकलन गरेको र सो रकम अनाथ बालवालिकालाई सहयोग गर्ने समुहकी अभियन्ता स्वस्तीका नेपालीले बताईन ।
नेपालगन्ज उपमहानगरपालिका–७ फुलटेक्रमा रहेको “मायाँ साधना” अनाथालयमा रहेका ९० जना अनाथ वालवालिकाहरुको सहयोगकालागि सो रकम हस्तान्तरण गर्ने नेपालीले बताईन । समुहले यस अघि पनि नेपालगन्जमा रहेको निल सागर बृद्धाश्रम र भेरी बृद्धाश्रममा फलफुल तथा कपडाहरु वितरण गरेको
थियो । मोडर्न आर्टिस् समुहमा आवद्ध युवतीहरुले कहिलेकाँही आफैले रकम उठाएर त कहिलेकाँही सामाजिक काम गरेर संकलन गरेको रकमले बृद्धबृद्धा तथा अनाथहरुलाई सहयोग गर्दै आएका छन ।

  • २० जेष्ठ २०७५, आईतवार ०९:२२ प्रकाशित
  • Nabintech