१३ बैशाख २०८१, बिहीबार
विद्यार्थीबिच वादविवाद कार्यक्रम सम्पन्न
  • काँचुली खबर

कोहलपुर नगरपालिका-१ कौशिलानगरमा रहेको ब्राईटलाईट स्कुलमा मावि र आधारभुत तहका विद्यार्थीहरु बिच वादविवाद कार्यक्रम सम्पन्न भएको छ ।
मा.वि. तहमा ‘धन भन्दा विद्या ठुलो’ भन्ने विषयमा विद्यार्थीहरुबिच भएको वादविवाद प्रतियोगितामा उक्त तहका ५ जना विद्यार्थीले भाग लिएका थिए । सो प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत मनिषा डाँगी प्रथम, कक्षा ९ मै अध्ययनरत शिशिर बुढाथोकी द्धितिय र कक्षा १० मा अध्ययनरत आदित्य बुढाथोकी तृतिय भएका छन ।
त्यस्तै आधारभुत तहमा ‘गाँउले जिवनभन्दा शहरीया जिवन वेश’ भन्ने विषयमा भएको प्रतियोगितामा १४ जना विद्यार्थी सहभागी भएका थिए । सो प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत अविराज चौलागाँई प्रथम, कक्षा ६ का सुजन बोहोरा द्धितिय र कक्षा ८ का जेनिश पाण्डे तृतिय भएका छन ।
यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको १० सदस्यीय जुनियर रेडक्रस सर्कल समेत गठन गरिएको छ । जसमा मनिषा डाँगी सभापती, अविराज चौलागाँई उप–सभापती, सृजना वि.क. सचिव, दिपिका परियार सह-सचिव, आरजु थारु कोषाध्यक्ष र धिरन ढकाल सह–कोषाध्यक्ष रहेका छन ।

सदस्यहरुमा मिना अधिकारी, प्रेम थापा, मनिषा बुढा, हिमाल मगर, सन्देश रावल रहेका छन । जुनियर रेडक्रसमा कम्तीमा ५० जना सदस्यहरु हुनुपर्ने र प्रत्येक सदस्यले २० रुपौयाँ जुनियर रेडक्रसको कोषमा जम्मा हुने र सो कोषलाई सामाजिक सेवामा लगाउने विद्यालयका संस्थापक गोबिन्द चौधरीले जानकारी दिएका छन ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १८:१६ प्रकाशित
  • Nabintech