७ बैशाख २०८१, शुक्रबार
हावाहुरीले पोल ढाल्दा विद्युत सेवा अवरुद्ध
  • काँचुली खबर

बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहुँदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बक्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन । अत्याधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत आपुर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ । विद्युत कार्यालयले मुख्य सडकका पोल गडिसकिएको र गाउभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ ।
आँधी हुरीले गाउँपालिकाको वडा नं. ४ र ५ मा बढी क्षति पुरयाएको छ । आँधी हुरीले वाड नं. ५ गोहनाका १२ वर्षिया गिता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाईते भए । उनको टाउको र शरिरका अन्य भागमा गहिरो चोट लागेको वडाध्यक्ष प्रशराम बुढाथोकीले बताए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपत प्रकोपले प्रभावित गाउँपालिकालाई थप बेला बेलामा प्रभावित बनाएको भन्दै आधी हुरीले धेरै क्षति पुरयाएको बताए । उनले त्यसको राहत तथा क्षतिपुर्तिका लागि सम्वन्धीत निकायमा पहल भईरहेको बताउदै विद्युत आपुर्ति सेवा तत्काल सुचारुका लागि पहल भएको बताए ।

  • १६ जेष्ठ २०७५, बुधबार १७:४६ प्रकाशित
  • Nabintech