६ बैशाख २०८१, बिहीबार
आयुर्वेद औषधालय कोहलपुरमा समिति गठन
  • काँचुली खबर

आयुर्वेद औषधालय कोहलपुरमा संचालन समिति गठन गरिएको छ । बिहिबार कोहलपुर नगरका प्रमुख लुट बहादुर रावतको उपस्थितीमा औषधालय संचालन तथा व्यवस्थापन समिति गठन गरिएको आयाुर्वेदका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । आयुर्वेद औषधालय केन्द्रिय विभागको निर्देशन अनुसार कोहलपुरमा समेत समिति गठन गरिएको श्रेष्ठले बताए ।
कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा कृष्ण कुमारी चालिसे चयन भएकी छन । त्यस्तै सदस्यहरुमा अञ्जना धिताल, गोबिन्द राज श्रेष्ठ, सपना शाही र मनिराम रिमाल चयन गरिएको समितिका सदस्य सचिव तथा आयुर्वेद औषधालय कोहलपुरका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।
समिति गठनपछि सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख तथा आयुर्वेद औषधालयका संरक्षक लुट बहादुर रावतले आयुर्वेदिक चिकित्सा पद्धतीको बिकासकालागि नगरपालिका कार्यालय गम्भीर रहेको भन्दै थप सेवा विस्तारमा ध्यान दिन आग्रह गरेका थिए । उनले स्टिम बाथ प्रद्धती तथा शिरोधार्य बिधिद्धारा गरिने उपचार निकै प्रभावकारी रहेको र त्यसलाई थप ब्यवस्थित गरि सबैको पहँुचमा पु¥याउन आवश्यक रहेको जिकिर गरे ।

  • १६ जेष्ठ २०७५, बुधबार १६:०२ प्रकाशित
  • Nabintech