१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज उपमहानगरपालिकालाई, कर नबुझाउन चेतावनी
  • काँचुली खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्न ब्यवसायहीलाई आग्रह गरेको छ ।
केही दिन यता उप–महानगरपालिकाले व्यवसायीबाट लिइरहेको व्यवसायी करको सम्बन्धमा उद्योगी व्यवसायीहरुबाट गुनासो आएको भन्दै संघले आजबाट उप–महानगरपालिकालाई कर नबुझाउन बिप्ज्ञती जारी गरेर व्यवसायीहरुलाई आग्रह गरेको हो ।
नेपालगन्ज उद्योग बाणिज्य संघका कोषाध्यक्ष आदेश कुमार अग्रवालले संघको कार्यसमितीमा भएको छलफलको आधारमा अर्को निर्णय नहुँदासम्म कुनै पनी कर नबुझाउन र नविकरण समेत नगर्न व्यवासायीहरुलाई आग्रह गरिएको जानकारी दिए ।
उक्त निर्णयले अधिकार सम्पन्न स्थानीय तहलाई संघले चुनौती नै खडा गरिदिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले करको भारी धेरै भएका कारण आफुहरु मर्कामा परेको बताए । उनले संघको निर्णय कार्यान्वयन गरिने पनि बताए ।
तर यता नेपालगन्ज उपमहानगरपालिकाले धेरै पटक छुट सहितका योजनाहरु अघि सार्दा समेत व्यवसायीहरुले टेरेका थिएनन् । ३० प्रतिशतदेखि ८० प्रतिशतसमम छुट दिंदा समेत व्यवसायीहरुले चासो नदिएको उपमहानगरपालिकाले बताएको छ ।

  • १४ जेष्ठ २०७५, सोमबार २२:४० प्रकाशित
  • Nabintech