२६ बैशाख २०८१, बुधबार
दाङ्गमा फैलीएको झाडापखालले महामारीको रुप लिदा सम्म संघिय र प्रदेश सरकार मौन – गाँउपालिकाका प्रमुख डाँगी
  • काँचुली खबर

दाङ्गको शान्तिनगर ले दुई वडामा फैलीएको झाडापखालले महामारीको रुप लिदा सम्म संघिय र प्रदेश सरकारले खासै चासो नदिएको आरोप लगाउनुभएको छ ।
डाँगीले केन्द्रिय र प्रदेश सरकारले झाडापखालको प्रकोपले ठुलो रुप लिदा सम्म आज सोमबार तेस्रो दिन पुगि सक्दासम्म पनि कुनैपनि चासो नलिएको बताउनुभयो । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ मा शनिवारदेखी फैलिएको झाडापखाला वाट आज सोमबार सम्म १२ सय ७० जना बिरामी परेका छन् । आज तेस्रो दिन १ सय ४५ जना थप बिरामी आएका छन । केही बिरामी स्वास्थ्य चौकीमा नआई सिधै अस्पताल गएका र स्वास्थ्य चौकी आउने क्रम पनि जारी रहेकाले बिरामीको संख्या अझै बढ्न सक्ने डाँगीले बताउनुभयो । बिरामीलाई स्वास्थ्य चौकीसम्म ल्याउन र उपचारमा कमि हुन नदिन गाउँपालिकाले नेपाली सेना १९ नम्बर बाहीनी अड्डाको १ र अन्यत्रबाट २ गरि ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । बिरामीको अवस्था बुझ्न राप्ती अञ्चल अस्पतालको विज्ञ चिकित्सकको टोलि शनिवार नै घटनास्थल पुगेको थियो ।
यस्तै घोराहीबाट पनि थप चिकित्सकको टोलि झाडापखालाको प्रकोप स्थल पुगेको छ । हिजो बिरामी भएका मध्ये ४३ जनालाई तुल्सिपुर स्थित लाईफ केयर अस्पतालमा रिफर गरिएको र बाँकी उपचार पछि घर फर्किएका शान्तीनगर स्स्थास्थ्य चौकीका प्रमुख हरी पुनले जानकारी दिनुभयो । उपचारका लागि अन्य स्वास्थ्यचौकीको पनि सहयोग लिइएको छ । गर्मियामसँगै इनारमा पानी सुक्दै गएपछि खोलाको पानी पाईपबाट ईनारमा भरेको र सोही पानीबाट गाउँमा झाडापखाला फैलिएको बताइएको छ । वडा नम्बर ३ को पातेटाकुरा, रसाल गाहाखोला, र वडा नम्बर ४ को माले चौतारा, कटबेरी टोल हिरापुर, गिधनिया गाउँका मानिसहरु झाडापखालाबाट बिरामी भएका छन । यसैबीच गाउँपालिका अध्यक्ष डाँगीले आइतवार नै नेपाली सेनाको सहयोगमा पानीको मुहान र ट्याङ्कीको सरसफाई गरेको हुँदा आज ९सोमवार० देखि माईलेपानी मुहानवाट पानी वितरण गर्न लागेको शान्तिनगर गाउँपालिकाका प्रवक्ता रवी बुढाथोकीले बताउनुभयो ।

  • १४ जेष्ठ २०७५, सोमबार १६:३८ प्रकाशित
  • Nabintech