४ बैशाख २०८१, मंगलवार
तेश्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता खजूराको डिगाउँमा आयोजना हुदै
  • काँचुली खबर

बाँके
७५ लाख राशीको लागतमा हुने प्रतियोगिता जेठ २१ देखि २८ गतेसम्म संचालन हुनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालगञ्ज ११, ?पन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, संकटा क्लब, नेपाली सेनाको त्रिभुव आर्मी क्लब ,भारतको पञ्जाब ११ र च्यासल फुटबल क्लब गरी ८ वटा समूहको सहभागिता रहने भएको छ । बाँके जिल्ला फुटबल संघले आइतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार खजूरा गाउँपालिका ४ डि गाउँमा रहेको नेपाल राष्ट्रिय आदर्श आधारभुत विद्यालयको खेल मैदानमा प्रतियोगिताका खेलह? हुनेछन् । संघका अध्यक्ष भोजराज शाहीका अनुसार, प्रतियोगितामा प्रथम हुनेले ५ लाख, द्धितिय हुनेले दुई लाख ५१ हजार ?पिया नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् ।
हरेक खेलका उत्कृष्ट खेलाडीलाई मोवाईल प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेण्डर, मिडफिल्डर, रक्षक र स्ट्राईकरलाई नगद १० हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी, प्रशिक्षकको विमा गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा निर्माण कार्य चलिरहेकाले नेपालगञ्जमा प्रतियोगिता हुन नसकेपछि स्थगित भएको प्रतियोगिता खजूरामा गर्न लागिएको हो । वडा अध्यक्ष समेत रहेका न्यू डाँफे स्पोर्टस क्लबका अध्यक्ष तिलकवीर सुनारले नेपालगञ्जमा यसअघि भएका प्रतियोगिता भन्दा खजूरामा हुने प्रतियोगिता भव्य हुने बताउनुभयो । उहाँका अनुसार हाल दिनरात मैदान निर्माण कार्य भईरहेको छ । दर्शकको सहभागिताका हिसावले समेत भव्य हुने उहाँले बताउनुभयो ।

  • १३ जेष्ठ २०७५, आईतवार १७:३८ प्रकाशित
  • Nabintech