१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कृष्ण सेन ‘इच्छुक’को १६ औं स्मृती दिवस मनाईयो
  • काँचुली खबर

बाँके/ द्धन्द्धकालमा राज्यका तर्फबाट मारिएका स्वर्गीय पत्रकार कृष्णसेन ईच्छुकको १६ औं स्मृती दिवश प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँकेले संयुक्तरुपमा मनाएका छन् ।  कार्यक्रममा स्वर्गीय कृष्ण सेनको फोटोमा अबिर र माल्र्यपण गरि कार्यक्रमको शुरुवात गरिएको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि आस्थागत पत्रकार संगठनले पहिलो पटक कृष्णसेन इच्छुकको स्मृती दिवश संयुक्तरुपमा मनाइएका हुन । कार्यक्रमका अतिथी र सहभागीहरुले स्व कृष्ण सेनले गरेको कामको बारेमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा का नेता तथा प्रदेश नं. ५ का सांसद आईपि खरेलले कृष्ण सेनले आफ्नो बलिदान देशका लाग िदिएको र उनको बलिदानबाट नेपाल िपत्रकारतिा क्षेत्रमा समग्र परिबर्तनका लागी आबश्यक भएको समेत बताउ । उनि तथ्य परक र समाज परिबर्तनका लागी समाचार लेख्ने ब्यक्ति भएको हुदा उनी जस्तै अहिले पत्रकारतिा गर्ने ब्यक्तिको अबश्यक भएको समेत बताए । उनले भने ‘सेन पत्रकार माात्र नभउर उनि साहित्यकार पनि थिए, उनले जहिले पनि भबिष्यका बारेमा सोच्ने क्षमता भएको पत्रकार हुन ।’
यस्तै कार्यक्रममा बोल्दै नेकपा का नेता अशोक कोईरालाले पात्रकार भनेको कृष्ण सेन जस्तो हुनु पर्ने समेत बताए । उनले भने अहिलेको जस्तो फेसबुकका आधारमा नभई घटनाको सत्य तथ्य खोजेर समाचार सम्प्रेशण गर्न समेत पत्रकारहरुलाई सुझाब दिएका थिए । प्रदेश ५ नेपाल पत्रकार महासंघ का महासचिवले पात्रकार भएर कसैको ब्यक्तिगत आच आउने्

खालका समाचार नलेख्न र सधै आफ्नो इमान र संस्थाको नाम उचो राख्ने किसिमले पत्रकारीता गर्नु पर्ने बताए ।
कायक्रममा नेकपा का नेता रत्न खत्री, प्रदेश सांसद कृष्णा के.सी नमुना, नकपाका प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्मा, नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेत, प्रेस चौतारीका अध्यक्ष हेमन्त बि.क, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल र प्रेस यूनियन बाँकेका अध्यक्ष जयनारायण शाह , लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

  • १३ जेष्ठ २०७५, आईतवार १५:२८ प्रकाशित
  • Nabintech