१५ बैशाख २०८१, शनिबार
धनगढीमा गोली प्रहारः ९ लाख लगेर फरार
  • काँचुली खबर

धनगढी/ कैलालीको धनगढीमा आइएमईबाट रकम झिकेर जम्मा गर्न बैंक जाँदै गरेका एक जनामाथि अपरिचित समुहले आइतबार गोली प्रहार गरेको छ । धनगढी उपमहानगर–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका उनको साथमा रहेको ९ लाख रुपैयाँ समेत लुटिएको प्रहरीले जनाएको छ । धनगढी उपहानगरपालिका–१ मेनरोडमा नजिकै सो घटना भएको हो ।

कसले गोली चलाएको हो भन्ने, अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • १३ जेष्ठ २०७५, आईतवार ११:२२ प्रकाशित
  • Nabintech