१६ चैत्र २०८०, शुक्रबार
सामाजिक सञ्जालमा उधुम मच्चाउने को हुन् यी हिन्दू धर्मकी ‘ग्ल्यामर’
  • काँचुली खबर

भागवत गिताका हरेक श्लोकलाई उनी हार्मुनियम बजाएर गाउन सक्छिन् । यसलाई उनी भगवानको आशिर्वाद ठान्छिन् । भागवत गीताको हरेक श्लोक उनलाई कण्ठस्थ छ ।

गीताका सबै अध्यायको सूक्ष्म ज्ञान राख्ने उनलाई देवीको उपमा दिइएको छ । सामाजिक सञ्जालमा अहिले उनको भौतिक सुन्दरताको चर्चा फैलिएका छन्, रिट्वीट भएका छन् । उनी हुन् भारतको हरियाणा राज्यको पलवार जिल्लास्थित खाम्बी गाउँकी २१ बर्षिया

चित्रलेखा जी । चित्रलेखा सांस्कृतिक र धार्मिक रूपमा सानैदेखि नै तिक्ष्ण रहेको बताइन्छ । उनको आवरण मात्र होइन हृदयलाई पनि त्यति नै सुन्दरतामा व्याख्या गरिएको छ । आजकाल उनी हिन्दू धर्मकी आकर्षण र ग्ल्यामर बनेकी छन् ।

बंगाली धार्मिक गुरु गृहधरी बाबाले उनलाई ४ वर्षको रहँदा दिक्षा दिएका थिए । उनका परिवारका अभिभावक र पुस्ता नै धार्मिक वातावरणमा हुर्किएका कारण त्यो गुण उनले पनि अपनाइन् । उनलाई भारतका विभिन्न ठाउँमा भगवानका रूपमा पनि बुझ्ने गरिएको छ । बिहार, हरियाणा, दिल्ली, उत्तराखण्ड, मध्य प्रदेश, राजस्थान, नागाल्यान्ड, पञ्जाव र गुजरातमा उनको पुजा नै गरिन्छ । सानै उमेरमा उनले ब्रिटेन, अफ्रिका, अमेरिकालगायतका देशमा पनि आफ्नो ज्ञान बाँडिसकेकी छिन् । एजेन्सी

  • १३ जेष्ठ २०७५, आईतवार ११:०७ प्रकाशित
  • Nabintech