१५ बैशाख २०८१, शनिबार
लक्ष्य अनुसारको राजश्व संकलनमा आशंका-देवकोटा
  • काँचुली खबर

कोहलपुर नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुनेमा स्वयं नगरपालिका नै आशंका गरिरहेका छ । आर्थिक वर्ष ०७४÷०७५ मा करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष सम्पन्न हुन करिब डेढ महिना बाँकी रहँदासम्म रु। ३ बरोड भन्दा कम राजश्व संकलन भएको नगरपालिका स्रोतले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटाले लक्ष्य अनुसार राजश्व संकलन नहुनुको प्रमुख कारण खुलाउँदै भने, “हामीले चालु आर्थिक वर्षमा एकिकृत सम्पत्ती कर वापत रु। २ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा चालु आर्थिक वर्षमा सो कर लगाउन सकिएन । त्यस्तै ब्यवसायीक कर पनि तोकिएको लक्ष्य अनुसार उठ्ने सम्भावना नदेखिएकोले राजश्वको लक्ष्य पुरा हुन नसकेको हो ।”
त्यस्तै देवकोटाले थपे, “आगामी दिन आर्थिक वर्षमा हामीले करिब रु। ५ करोड राजश्व संकलन गर्ने लक्ष्य सहित राजश्वका दर र स्रोतहरुको पहिचान गर्ने र सोही अनुसार दर निर्धारण गर्ने छौं ।”
कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरी नगरस्तरीय राजश्व परामर्श समितिको संयोजक समेत रहेकाले राजश्व संकलन र यसका स्रोतका बारेमा पटक–पटक बैठकमा चिन्ता ब्यक्त गर्दै नगरपालिकाको आन्तरिक आम्दानी बढाउन राजश्व उठाउनै पर्ने अवस्था रहेको बताउँछिन । चौधरीले भनिन, “हामीले नगरपालिका भित्र राजश्व संकलनका स्रोतहरु पहिचान गर्न नसक्दा र जनतालाई के को लागी नगरपालिका लाई कर तिर्ने भन्ने बुझाउन नसक्दासम्म राजश्व बढ्ने सम्भावना कमै छ ।”आगामी आर्थिक वर्षमा नगरपालिका भित्र रहेका बिभिन्न उद्योग, धन्दा कलकारखाना, ब्यवसाय, वित्तिय तथा सहकारी संस्थाहरु समेतलाई करको दायरामा ल्याउन राजश्व परामर्ह समितिले छलफल चलाईरहेको सो समितिकी संयोजक समेत रहेकी चौधरीले बताएकी छन । नगरपालिकाका १५ वटै वडा कार्यालदयहरुले आप्mनो वडामा रहेका ब्यवसायीहरुसँग अनुसुची ४ मा तोकिएको मापदण्ड अनुसार ब्यवसायीक कर उठाउनुपर्नेमा ११ नं। वडाले बाहेक अन्य वडाहरुले खासै ध्यान नदिएको राजश्व परामर्श समितिमा छलफल समेत गरिएको र सबै वडाहरुलाई जे–जती सकिन्छ, सोही अनुसारपहल गर्न नगरपालिकाले आग्रह समेत गरेको प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद ले बताए ।

  • १३ जेष्ठ २०७५, आईतवार १०:११ प्रकाशित
  • Nabintech