१४ बैशाख २०८१, शुक्रबार
बाँके डान्स आइडलको तेस्रो छनौट राउण्ड सम्पन्न
  • काँचुली खबर

कोहलपुर,
स्थित साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता सम्पन्न भएकोछ । प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिहरुको सहभागिता जनाएका थिए,  छनौट राउण्ड पार गर्न २ सय ३४ जनाले पार गर्दै आज भएको तेस्रो राउण्डमा ५० जना प्रतियोगिहरु सफल   भएका छन । अब अर्को छनौट राउण्डमा ३० जना प्रतियोगिहरु छनौट गर्ने आयोजक ले जनाएको छ ।
निहारीका फिल्मस् प्रा लिको आयोजना भएकोे उक्त नृत्य प्रतियोगिताको प्रथम राशी १ लाख रहेको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । निहारीका फिल्मस् प्रा।लिले बाँकेको कला सांस्कृतिक लाई प्रोत्साहन गर्न लाई यो नृत्य प्रतियोगिताको आयोजन गर्न लागीएको श्रेष्ठले बताए । नृत्य प्रतियोगिताका लागी देशभरबाट सबैले प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने आयोजकले बताएको छ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाइृ १ लाख, द्धितिय हुनेलाइृ ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थान सम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा मौका दिने पनि बताएको छ । प्रतियोगिताका लागी देश भरबाट सहभागी रहने पनि आयोजक ले बताएको हो ।
प्रतियोगिताको ६ भाग नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने पनि आयोजकले जनाएको छ ।

  • १२ जेष्ठ २०७५, शनिबार १९:४७ प्रकाशित
  • Nabintech