१५ बैशाख २०८१, शनिबार
विद्यालयको क्याप्टेनकालागि चुनाव
  • काँचुली खबर

बाँके/ब्राईटलाईट एकेडेमी कोहलपुरमा क्याप्टेन तथा सह–क्याप्टेनकालागि निर्वाचन सम्पन्न भएको छ । शुक्रबारभएको उक्त निर्वाचनमा माछापुच्छ्रे सदनका केशरराज हमालले निकटतम प्रतिद्धन्द्धी अन्नपूर्ण सदनकी मनिषा डाँगीलाई २३ मतले पछि पार्दै जित हासिल गरे ।


क्याप्टेन तथा सह-क्याप्टेनका लागि आकाक्षी धेरै भएपछि ब्राईलाईट एकेडेमीका ४ सय ३० जना विद्यार्थी र ३२ जना शिक्षक÷शिक्षिकाले मतदानबाट क्याप्टेन तथा सह–क्याप्टेन चुनेका हुन ।

एकेडेमीका ४ सदनहरु, अन्नपूर्ण, माछापुच्छ्रे, सगरमाथा र कञ्चनजङ्घा आ-आप्mनो उम्मेदवार सहित निर्वाचनमा होमिएका थिए । अन्नपूर्ण सदनबाट क्याप्टेनमा
मनिषा डाँगी, सह-क्याप्टेनमा चाँदनी वली, कञ्चनजङ्घा सदनबाट क्याप्टेनमा अबिराज चौलागाँई र सह-क्याप्टेनमा दिपिका परियार उम्मेद्धार बनेका थिए । त्यस्तै सगरमाथा सदनबाट क्याप्नेटमा शिशिर वि.क., सह–क्याप्टेनमा सुभाष तिरुवा र माछापुच्छ्रे सदनबाट क्याप्टेनमा केशवराज हमाल र सह–क्याप्टेनमा सुजन थापाले उम्मेद्धारी दिएका
थिए ।


अन्नपूर्ण सदनकी मनिषा डाँगीले कुल मतदानमध्ये १ सय ४२ मत प्राप्त गरेकी थिईन भने उनलाई उछिन्ने क्रममा माछापुच्छ्रे सदनका केशवराज हमालले १ सय ६५ मत प्राप्त गरि बिजयी भएका हुन । त्यस्तै सह-क्याप्टेनमा सगरमाथा सदनका सुभाष तिरुवाले १ सय ५४ मत प्राप्त गर्दै जित निकालेका र्थि भने उनका प्रतिद्धन्द्धी अन्नपूर्ण सदनकै चाँदनी वलीले १ सय ४५ मत प्राप्त गरेकी थिईन ।

बिजयी द्धवयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नेतृत्व गर्नुका साथै ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने भएका छन । विद्यालयका कार्यवहाक प्रिन्सीपल नन्दलाल भण्डारीका अनुसार निर्वाचनमा खसेको मत मध्ये ९८ प्रतिशत मत सदर भएको थियो भने २ प्रतिशत मत बदर भएको थियो । विद्यालयमा १ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले खुल्ला रुपमा निर्वाचनमा सहभागीता जनाएका थिए ।

  • ११ जेष्ठ २०७५, शुक्रबार २०:२६ प्रकाशित
  • Nabintech