२६ बैशाख २०८१, बुधबार
मुख्य मन्त्री शंकर पोखरेलले संबिधान कार्यान्वयन तर्फ ध्यान केन्द्रित गर्न कर्मचारीहरुलाई आग्रह
  • काँचुली खबर

पाँच नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले संबिधान कार्यान्वयन तर्फ ध्यान केन्द्रित गर्नका लागी कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन प्रदेश नं। ५ को प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालगन्जमा सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले संबिधान कार्यान्वयन पछी सबैका हक अधिकारी स्थापित हुने भएकोले सबै कर्मचारीहरुले संबिधान कार्यान्वयन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । मुख्य मन्त्री पोखरेलले कर्मचारीहरुका धेरै समस्याहरु रहेकोले कर्मचारीहरुको हित, राष्ट्रको हित र संबिधान कार्यान्वय हुने गरी प्रदेश सरकारलाई सुझाव दिनका लागी अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरेलले कर्मचारीहरुको सेवा सुबिधा बृति बिकास र ट्रेड युनियन अधिकारका लागी प्रदेश सरकार छलफल गर्नका लागी तैयार रहेको बताउँदै यजेण्डा सहित छलफलमा आउनका लागी अनुरोध समेत गर्नुभयो । देशको बिकासमा कर्मचारीहरुको निकै ठुलो जिम्मेवारी रहेकोले राष्ट्र सेवक र जिम्मेवार भएर आफनो जिम्मेवारी बहन गर्नका लागी पनी पोखरेलले अनुरोध गर्नुभयो ।
कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका केन्द्रीय पदाधिकारी, प्रदेश नं। ५ का १२ जिल्लाका निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका पदाधीकारी र बिभिन्न ट्रेडयुनियन संबद्धहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

  • ११ जेष्ठ २०७५, शुक्रबार १८:०९ प्रकाशित
  • Nabintech