१४ बैशाख २०८१, शुक्रबार
राधापुरलाई साक्षर वडाको रुपमा घोषणा गरिदै
  • काँचुली खबर

कोहलपुर/बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुर साक्षर वडा भएको छ । खजूरा गाउँपालिका कार्यपालिकाको बैठकले राधापुरलाई साक्षर वडा घोषणा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको निर्णयपछि भोली (शुक्रबार) राधापुरस्थित मैटहवा माविमा औपचारिक कार्यक्रम गरी साक्षर वडा घोषणा गर्न लागिएको छ । वडा साक्षर घोषणा कार्यक्रम अघि बहादुरपुरचौकबाट विद्यार्थी, शिक्षक र अभिभावकसहितको उपस्थितीमा ¥याली निकाल्ने तयारी गरिएको छ । ¥याली मैटहवा माविमा पुगेपछि सभामा परिणत हुने वडा अध्यक्ष सुमन मल्लले जानकारी दिए ।
राधापुर सामुदायिक सिकाई केन्द्र र समृद्धिका पाइलाको आयोजनामा राधापुरलाई साक्षर वडा घोषणा गर्न लागिएको हो । साक्षर वडा घोषणाका लागि आयोजना हुने कार्यक्रममा राधापुरमा रहेका सामुदायिक र संस्थागत विद्यालयले बिभिन्न सांस्कृतिक कार्यक्रम समेत गर्ने भएका छन् ।
साक्षर वडा घोषणा हुन लागेको राधापुरलाई बालमैत्री वडा घोषणाको तयारी समेत गरिएको वडा सचिव चिरञ्जीवी पाण्डेले बताए ।

  • १० जेष्ठ २०७५, बिहीबार १८:५१ प्रकाशित
  • Nabintech