२६ बैशाख २०८१, बुधबार
जनता आवास कार्यक्रम प्रभावकारी नभएको गुनासो
  • काँचुली खबर

बाँकेमा जनता आवास कार्यक्रम प्रति जनताले गुनासो गरेका छन् । चालु आ.ब.को बाँके र बर्दियामा जनता आवास कार्यक्रमका लागि रु १५ करोड ८२ लाख रकम आएकोमा सो रकमबाट शहरी विकास डिभिजन कार्यालयले जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तरगत बाँकेमा १ हजार २० घर बनाउने रकम विनियोजन भएको र सो बाट बाँके विभिन्न गाँउपालिकाहरुमा सो कार्यक्रम सञ्चालनमा रहेको सो परियोजना हेर्ने सहरी विकासका इन्जिनियर होम नाथ भुषालले बताए ।
हाल बैजनाथ गाउँपालिका–२ र ३ वडाहरुमा जनता आवास कार्यक्रम अन्तरगत सो स्थानका गन्धर्व समुदायहरुलाई प्रति परिवार रु२ लाख १५ हजार २ सय रकमका दरले पिलर सहितको डिपिसी , इट्टाको दिवाल ,टिनको छानो र एक सुलभ सौचालय निर्माण गर्ने प्रावधान रहेको छ ।
हाल घर निर्माण भइरहेका वैजनाथ २ का सेवा ग्राही अजय बैगारले आफूहरुले कति रकम पाएको हो र घर निर्माण सामाग्रीहरु पनि कसरी ल्याएको हो सो विषयमा समेत सेवा ग्राहीहरुलाई जानकारी नगराई आवासबाट खटिएका यन्जिनियरले जानकारी दिन नमानेको बताए । बैगारले भने, ‘हाम्रो लागि बनाउन लागेका घरमा प्रयोग हुने इट्टा पनि ४ नम्बरका छन् । निर्माण सामाग्रीहरु पनि उनीहरु आफै ल्याउछन् । हामीले विल भर्पाई माग्दा पनि देखाएदैनन् । घरको आधा मात्र काम भएको छ । अब पैसा छैन, बाँकी रहेका काम आफै गर भन्छन् ।’

उता इनिजनियर भुषालले भने, ‘निर्देशिकाले गरेको व्यवस्था गरे अनुसार नै हामीले रकम दिने हो । निर्देशिकामा घरको जग बनाए पछि उनीहरुले पाउने जम्मा रकमको २५ प्रतिशत, डिपिसी गरिसकेपछि ३० प्रतिशत, गाह्रो बनाएपछि ३५ प्रतिशत र टिनले छाना छाई एक सुलभ शौचालय बनाइसकेपछि बाँकी १० प्रतिशत रकम प्राप्त गर्ने प्रावधान रहेको
छ ।’
भुषालका अनुसार कार्यविधि अनुसार जुन स्थानमा जनता आवास कार्यक्रम सञ्चालन हुने हो त्यहाँ त्यहीकै सेवा ग्राहीहरुको समुदायहरु मध्येबाट एक जना संयोजक रहन्छ । सोही संयोजक र आवास कार्यक्रम हेर्ने शहरी विकास डिभिजनको इन्जिनियरको संयुक्त खाता खोलिन्छ । प्राविधिकको राय अनुसार कति काम भएको छ त्यसकै आधारमा कोलेनिकाले भुक्तानी गर्ने भुषाले बताए ।भुषालले भने, ‘चालु बजेट सकिएको छ, अब आगामी आ.ब.को बजेट आएपछि मात्र रकम प्राप्त हुन्छ । अहिले बनाउदै गरेको घर तपाईहरुले आफूले रकम खर्च गर्ने सक्ने हो भने सोही अनुसार बनाउनोस् त्यसको रकम बजेट आए पश्चात पाउने हुन्छ भनेका छौं ।’ भुषाले वैजनाथ गाउँपालिकामा हिरालाल बादी संयोजक रहेको समुहमा अब १० प्रतिशतको मात्र काम बाँकी रहेको र प्रेम बैगार संयोजक रहेको समुहमा गाह्रो चुली लगाउने काम सम्म मात्र भएको त्यसको प्राविधिक मूल्याङ्कन पश्चात रकम दिइने
छ ।’

  • १० जेष्ठ २०७५, बिहीबार १८:२१ प्रकाशित
  • Nabintech