१३ बैशाख २०८१, बिहीबार
चार्टर उडान आज देखी बन्द
  • काँचुली खबर

बाँके, जेठ १० काँचुली खबर
नेपालगन्ज बिमानस्थलबाट कर्णालीमा हुँदै आईरहेको चार्टर उडान आज देखी बन्द भएको छ । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैशाख २६ गतेको मन्त्री स्तरको निर्णय बमोजीम जेष्ठ १० गते देखी लागु हुने गरी कर्णालीमा हुँदै आईरहको चार्डर उडानहरु रद्ध गरिएको हो । चार्टर उडान रद्ध भएसंगै कर्णाली क्षेत्रमा हुँदै आईरहेको उडान कम्पनीहरुको सिन्डिकेट र टिकटमा हुँदै आईरहेको दलाली पनी अन्त्य भएको छ । कर्णाली क्षेत्र र सुदुरपश्चिमको बाजुराका लागी नेपालगन्ज बिमानस्थलबाट तारा,सिता, समिट र नेपाल एअरलाईन्सले चार्टरमो आफनो उडान भर्दै आईरहेका थिए । नेपाल सरकारको निर्णयले अब सबै बिमान कम्पनीहरुले सरकारले नै तोकेको भाडादरमा सहुलियत उडान भर्नुपर्ने भएको छ । सहुलिएत उडान शुरु भएपछी कर्णाली क्षेत्रमा आउने जाने यात्रुहरु खुसी देखीएका छन ।
यस अघि हरेक बिमान कम्पनीहरुले हप्ताको १ दिन मात्रै सहुलियत दरको उडान र अन्य दिनमा चार्टर उडान भर्दै आएका थिए । चार्टर उडान रद्ध गरि सहुलिएत उडान शुरु भएपछी कर्णाली क्षेत्रका बासीन्दाहरुलाई राहत पुग्ने नेपालगन्ज बिमानस्थलका प्रमुख प्रताबाबु तिवारीले बताउनुभयो ।
चार्टर उडान रद्ध भएपछी कर्णाली र बाजुराका लागी नयाँ भाडादर कायम गरिएको छ । जसअनुसार नेपालगन्ज हुम्लाका लागी ७ हजार १ सय ९० रुपैया, नेपालगन्ज डोल्पाका लागी ५ हजार ३ सय १० रुपैयाँ, नेपालगन्ज राराका लागी ५ हजार ८ सय ४० रुपैयाँ, नेपालगन्ज जुम्लाका लागी ५ हजार ४ सय ४० रुपैयाँ र नेपालगन्ज बाजुराका लागी ५ हजार ४ सय ४० रुपैयाँ कायम गरिएको छ । यस अघि चार्टर उडानमा आउने जाने गर्नुपर्ने भएकोले सो क्षेत्रमा जाने आउने यात्रुहरुले महंगो मुल्यमा टिकट लिने गरेका थिए । चार्टर उडान रद्ध भएपछी टिकमा हुँदै आएको दलाली र उडान कम्पनीहरुको मनोमानी पनी बन्द हुने अपेक्षा गरिएको छ ।

  • १० जेष्ठ २०७५, बिहीबार १८:१७ प्रकाशित
  • Nabintech