७ बैशाख २०८१, शुक्रबार
नेतादेखि प्रहरीसम्म कोही पनि कानुनी कारबाहीबाट छुटकारा नपाउने – बादल
  • काँचुली खबर

 

 

 

काँचुली खबर /धनगढी, जेठ ९

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रदेश नम्बर ७ मा विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई पनि कारबारही गरिने बताउनुभएको छ ।
प्रदेश नम्वर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी पुग्नुभएका गृह मन्त्री थापाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विकास निर्माणको जिम्मेवारी निर्माण व्यवसायीलाई दिईएकोले समयमै काम नगर्नु कानुनको उल्लंघन भएको मानिने बताउनुभयो । विकास निर्माणका काममा ढिलासुस्ती गर्ने भष्टाचार धाँधली अलपत्र छोड्नेलाई राज्यले नछोडने उहाँको भनाई थियो । गृहमन्त्री थापाले विभिन्न क्षेत्रमा कायम रहेका सिण्डीकेटहरु हटाउने तयारीमा लागेको वताउँदै यातायात क्षेत्रको सिण्डीकेटमा यो अभियानको थालनी गरेको र अव अन्य क्षेत्रमा रहेका एकाधिकारहरु पनि तोड्ने दावी गर्नुभयो । विभिन्न क्षेत्रमा मौलाएको डनगिरीलाई पनि अव सरकारले वाँकी नराख्ने उहाँको भनाई छ । प्रदेश नम्वर ७ मा मौलाएको लागु औषध र अपराधिक गतिविधिलाई पनि निरुत्साहित पार्नका लागि सवैले सहयोग गर्नुपर्ने र त्यसका लागि पछि नहट्ने थापाको भनाई छ ।
तस्करीमा ओसार पोसार गर्नेहरु मात्रै पक्रिने गरेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अव तस्करीकै नाईकेलाई पक्राउ गर्ने अभियान सञ्चालन भईसकेको उहाँको भनाई छ । गृह मन्त्री थापाले मालिकलाई पक्राउ गर्न थालेको वारेमा उदाहरणका रुपमा सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई लिन सकिने बताउनुभयो । अव अपराधिक र तस्कर कोही वँच्ने वाला नभएको बताउँदै थापाले अब सुन तस्करीमा लागेका ठूलो माछा पनि समातिने र राजनितिक दलका नेतादेखि प्रहरीसम्म कोही पनि कानुन कारवाहीवाट छुटकारा नपाउने जिकिर गर्नुभयो ।

 

  • ९ जेष्ठ २०७५, बुधबार १७:१९ प्रकाशित
  • Nabintech