७ बैशाख २०८१, शुक्रबार
५ न. प्रदेश स्तरिय प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्सको उपाधी बाँके जिल्ला जित्न सफल
  • काँचुली खबर

काँचुली खबर /बाँके, जेठ ९ गते
५ न. प्रदेश स्तरिय प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्सको उपाधी बाँके जिल्ला जित्न सफल भएको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा बाँकेले १० स्वर्ण, ५ रजत र ६ काँस्य पदक प्राप्त गर्दै उपाधी हात पारेको हो । रोल्पा जिल्लाले ५ स्वर्ण,१ रजत र २ कास्य पदक हासिल गर्दे दोस्रो भयो भने दा¨ ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेस्रो भयो । बाँकेले उसु खेलमा ६ स्वर्ण, तेक्वान्दोमा ३ स्वर्ण र २ रजत १ कास्य, करातेमा ३ कास्य, एथ्लेटिक्समा १ स्वर्ण, २ रजत २ कास्य प्राप्त गर्न सफल भयो । दोस्रो हुने रोल्पाले तेकाण्दोमा १ स्वर्ण १ रजत १ कास्य करातेमा ४ स्वर्ण १ कास्य

प्राप्त गरयो तेसैगरि तेस्रो हुने दा¨ले एथ्लेटिक्समा ३ स्वर्ण र रजत तेक्वान्दोमा १ स्वर्ण २ रजत ३ कास्य र करातेमा २ कास्य पदक प्राप्त ग¥यो । विजयी खेलाडीहरुलाई प्रदेश सभासदस्य बावुराम गौतम, क्षेत्रिय अध्यक्ष भिम ओली र क्षेत्रिय निर्देशक जयन्त शर्मा लगाएतले पुरस्कार प्रमाणपत्र तथा शिल्ड वितरण गरेका थिए । सोमबार देखि शुरु भएको प्रतियोगीतामा १४ वर्ष मुनिका कक्षा ६,७ र ८ छात्र, छात्राहरुले उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्सका विभिन्न ईभेन्टहरुमा प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगीताबाट छनौट भएका खेलाडीहरु आगामी जेठ १० र ११ गते काठमाण्डौमा हुने केन्द्रिय उपराष्ट्रपति चिल्ड्रन गेम्समा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गरेका छन । टोली नेता बिक्रमजंग थापाको नेतृत्वमा ५१ सदस्यीय टोली रहेका छन । उनीहरुलाई क्षेत्रीय खेलकुद बिकास समितिका पदाधिकारी, प्रशिक्षकलगायतले बिदाई गरेका थिए ।

  • ९ जेष्ठ २०७५, बुधबार १४:३१ प्रकाशित
  • Nabintech