जोखिममा रिक्सा चालकहरु
  • काँचुली खबर

कोहलपुर/बाँके
कोहलपुर नगर क्षेत्रमा इलेक्ट्रोनिक्स रिक्सा चलाएर ५ जनाको परिवारको गुजरा टारिरहेका केशब वलीलाई रातको समयमा रिक्सा चलाउनुपर्दा ठुलो जोखिम मोलिरहेको भान हुन्छ । कारण ५ पटक उनलाई रातकै समयमा यात्रुको रुपमा रिक्सा चढ्ने युवाहरुले दुव्र्यवहार मात्र गरेरनन्, एक पटक त यात्रुमध्येका एक व्यक्तिले धम्क्याएर ५ सय पनि लुटेर लगे । अर्का रिक्सा चालक शिबशंकर चौधरी पनि रातको समयमा यात्रुहरुलाई हेरेर मात्र रिक्सामा बस्ने अनुमति दिन्छन्, उनी पनि एक साता अगाडी मापसे सेवन गरेका युवाहरुको समूहले २ घण्टा नगरका विभिन्न क्षेत्रमा घुमाएर भाडा माग्दा अश्लिल गाली गरेर दुव्र्यवहार गरेर भाडा नदिएको बताउँछन् । दिउँसो नगर क्षेत्रमा महिला चालकहरुले पनि रिक्सा चलाउने गरेपनि रातको समयमा उनीहरु नगर क्षेत्रमा देखा पर्दैनन् । कोहलपुरमा विगत ४ महिनादेखि रिक्सा चलाइरहेकी चौधरी थरकी चालक भन्छिन्, ट्यापे मुन्द्रे तथा मदिरा सेवन गरेका व्यक्तिबाट पुरुषहरु त सुरक्षित छैनन् कसरी म रातको समयमा रिक्सा चलाउने आँट गर्न सक्छु ।


यीत त प्रतिनिधी पात्र मात्र हुन् । दुव्र्यवहार र सानो रकम लुटपाटबारे रिक्सा चालकहरु प्रहरीमा पनि उजुरी गर्दैनन् । कारण सोध्दा रिक्सा चालकहरु भन्छन्–‘प्राय व्यक्तिहरु स्थानीय नै हुन्छन्, प्रहरीमा उजुरी पछि प्रतिशोधको भावनाले सांघातिक आक्रमण हुन्छ कि भन्ने डर लाग्छ ।’ रिक्सा चालक चौधरीले भने ।
कोहलपुर–१२ का भुपेन्द्र शाहीको रा १ ह ११६० नम्बरको अटो रिक्सालाई फागुन २९ गते नियन्त्रणमा ३ जनाको समूहमा आएका युवाहरुले ३० हजार नगद सहित लाभा एक सेट मोबाईल लुटपाट गरेर फरार भए । शाहीले प्रहरीमा उजुरी दिएपश्चात १ महिना पछि चैत्र अन्तिम सातामा प्रहरीले लुटपाटमा संलग्न बाँके बैजानाथ–५ का ज्ञानु पौडेल र सोहि ठाउँका प्रकश थापालाई नियन्त्रण लिई आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढायो रातीको सयममा आफ्नो बिरामी बैजनाथ गाउँपालिकामा रहेको भन्दै शाहीको अटो रिक्सालाई कोहलपुरबाट बैजनाथ–४ नौलापुरको भित्री बाटोमा लिएर शाहीलाई लुटपाट गरेको प्रहरीको भनाई छ । कोहलपुर बजार क्षेत्रमा रातको समयमा अटो तथा इलेक्ट्रोनिक्स रिक्सा चालकहरु फिल्मी शैलीमा लुटपाट हुने गरेको छ । यात्रुका रुपमा रिक्सा चढ्ने व्यक्तिहरुले आपतकालिन काम छ, विरामी छ, नजिकै जानु छ भन्नै रिक्सा चढ्ने र आप्mनो गन्तव्यमा पुगेपछि दुव्र्यवहार गर्ने, अश्लिल गाली र लुटपाट मात्र होइन रातको समयमा रिक्सा चालकमाथि कुटपिट समेत गर्ने गरेको चालकहरु बताउँछन् । कोहलपुर प्रहरीले रातको समयमा अटो रिक्सा चालकलाई कुटपिट गर्ने हालसम्म २ जना विरुद्व सार्वजनिक अपराध अन्र्तगत मुद्दा समेत गर्दा गराएको छ ।

  • ९ जेष्ठ २०७५, बुधबार १०:१८ प्रकाशित
  • Nabintech